Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

राजस्व विभागले व्यापारीलाई दु:ख दियो : सांसद यादव

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले राजस्व अनुसन्धान विभागले व्यापारीलाई दु:ख दिएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद यादवले मन्दीका कारण व्यापार व्यवसाय चौपट भएका बेला राजस्व विभागले अनावश्यक रुपमा छापा मारेर दु:ख दिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

उनले भने ‘मन्दीका कारण वीरगंजसहित देशभर व्यापार चौपट भएको छ । उद्योग कलकारखानाले आफ्नो उत्पादनमा आधा कटौती गरी जसोतसो चलिरहेका छन् । उत्पादन पनि बजारमा नपाएको अवस्था छ । मन्दी भएको बेला व्यवसायीलाई राहत दिनुको साटो प्रधानमन्त्री कार्यालय मातहतमा रहको राजस्व अनुसन्धान विभागले सानो ठूलो व्यापारीलाई दु:ख दिने काम गरिरहेको छ’ ।

कसैको बहिखाता त कसैको कम्प्युटर उठाउने, कसैलाई यसै तनाव दिने, अनि कम्प्युटरमा केही फेला नपरेपछि अनावश्यक जरिवाना गरिदिने, कुनै न कुनै बहाना लगाएर जरिवाना गरिदिने र दु:ख दिने काम राजस्व विभागले देशभरी नै गरिरहेको उनको दाबी थियो ।

‘कालीमाटीका तरकारी व्यवसायी, आलुप्याज व्यवसायी, कुलेश्वरका फलमण्डकीका व्यापारी, वीरगंजका कलकारखाना व्यवसाय गरिरहेका व्यवसायीलाई दुख दिने, फोन गरेर तुरुन्त बहिखाता लिएर आउनुस् भन्ने, तर्साउने अनि बीचमा बार्गेनिङको काम गर्ने, दलालहरु सक्रिय पार्ने गरिरहेको छ,’ उनले भने, ‘त्यसकारण प्रधानमन्त्रीजीलाई मेरो अनुरोध छ, मातहत रहेको राजस्व अनुसन्धान विभागलाई नियन्त्रणमा राखेर लगाम लगाउने काम सरकारले गरोस् ।‘

मिटरब्याज कानुनको दुरुपयोग भयाे

सांसद यादवले मिटरब्याजबाट पीडितलाई कानुनी दायरामा ल्याउन संसदले कानुन बनाए पनि त्यसको दुरुपयोग भएको दाबी गरे । ‘कानुन बनेपछि काम सुरु भयो तर अनुचेत लेनदेन पीडितको पक्षमा काम भएको छैन । पीडकको पक्षमा काम भइरहेको छ ।

जो सित पैसा छ, जसको पहुँच छ, जो बार्गेनिङ गर्न सक्छ, त्यसको पक्षमा अहिले काम भइरहेको छ,’ उनले भने, ‘गृह मन्त्रालयले निगरानी गर्नुपर्दैन ? गृह मातहतको सिडीओ कार्यालय के गरिरहेको छ ? वीरगंजमा परेको उजुरीमा ३९ प्रतिशतमात्रै पीडितको पक्षमा निर्णय भएको छ । बाँकी सबै पीडकको पक्षमा न्याय भएको छ । यसमा सरकारको ध्यान जाओस् ।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...