Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

कृषि औजार कारखाना सञ्चालनमा सरकार बाधक : प्रदीप यादव

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले सरकारको लापरवाहीका कारण वीरगंजस्थित कृषि औजार कारखाना पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको बताएका छन् ।

सरकारले कृषि औजार कारखानाको जिम्मा समाजसेवी महावीर पुनलाई दिएपनि अनुदान वापतको रकम नदिँदा कारखाना पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको यादवले बताएका हुन ।

पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले भने, “वीरगंजस्थित कृषि औजार कारखानालाई पुन: सूचारु गर्ने जिम्मा सरकारले समाजसेवी महावीर पुनलाई दिएको थियो । उनले आफ्नो टोलीसँग कारखाना सञ्चालनमा ल्याएर परीक्षण समेत गरिसकेका छन् । तर उनलाई सरकारले दिनुपर्ने २७ करोड रुपैयाँ नदिँदा कारखाना पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका यादवले सरकारले घोषणा गरेको रकम महावीर पुन तत्काल उपलब्ध गराउन माग समेत गरे ।

त्यस्तै यादवले प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलमाथि गरेको आक्रमणमा परेर निधन भएका नेपाली नागरिकहरूप्रति श्रद्धाञ्जली पनि अर्पण गरे । उनले इजरायलमा अझै पनि फसेका नागरिकहरूको उद्धार गरेर स्वदेश फिर्ता ल्याउनका निमित्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र परराष्ट्र मन्त्रीले देखाएको तदारुकताका लागि समेत आभार प्रकट गरे ।

यादवले डेङ्गु संक्रमणबाट अस्पतालमा उपचाररत उपराष्ट्रपति रामसहाय यादवको स्वास्थ्य लाभको कामना पनि गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...