Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

रोट्रयाक्ट क्लबद्वारा विद्यालयमा जडान गरिएकाे धारा उद्घाटन

spot_img
spot_img

दिपु बर्णवाल/
वीरगंज । रोट्रयाक्ट क्लब अफ वीरगंजले ‘हैप्पी स्कूल प्रोजेक्ट’ अन्तर्गत विद्यार्थी, शिक्षक र व्यवस्थापन पक्षलाई सहजरुपमा शुद्ध पिउने पानी उपलब्ध होस् भन्ने उद्देश्यले विद्यालयमा धारा जडान गरेकाे छ ।

रोट्रयाक्ट क्लबले श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय पर्सुतीपुर ३० मा एक कार्यक्रमको आयोजना गरेर शुद्ध पिउने पानीको धारा हस्तान्तरण गरेको हो । आरटीएन डा. आनन्द कुमार झा र ट्राफिक प्रहरी कार्यालय पर्साका इन्स्पेक्टर भास्कर खतिवडाले संयुक्त रुपमा रिबन काटेर धाराकाे उद्घाटन गरेका हुन् ।

साथै कपाल काट्ने परियोजना अन्तर्गत द बियर्ड शॉपको सहयोगमा उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको कपाल पनि काटिएको छ ।

रोटरी क्लब अफ वीरगंजका अध्यक्ष निर्मल खातीरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा रोटरी क्लब अफ वीरगंजका पूर्व अध्यक्ष सोहन पोद्दार, चिकित्सा संयोजक वीरगंजका सामुदायिक आँखा केन्द्रका महेश सिंह धामी, द बियर्ड शॉपका विशाल शाह, रोटर्याक्ट क्लब अफ वीरगंजका अध्यक्ष सन्नी सरार्फ, डिस्ट्रिक्ट रोटरी रोटर्याक्ट रिलेसन चेयर आयुष गुप्ता, सचिव विवेक पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...