Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

पिकअपमा लागूऔषध गाँजा बरामद, दुई जना पक्राउ

spot_img
spot_img
वीरगंज । हेटाैंडाबाट पथलैया तर्फ जादै गरेकाे पिकअपमा ७० किलाे लागु औषध गाँजा बरामद भएकाे छ । उक्त लागु औषध गाँजा र पिकअप गाडी सहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएकाे छ ।
 
ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चाैकी रातोमाटे मकवानपुरबाट खटिएको संयुक्त टाेलीले मकवानपुर राक्सिराङ गाउँपालिका ५ निवासी २२ बर्षिय सन्देश प्रजा र साेही ठाउँ निवासी ३४ बर्षिय युबराज प्रजालाई नियन्त्रणमा लिएकाे हाे ।
 
हेटौडा उपमहानगरपालिकाकाे वडा नं. १५ रातोमाटे चेक प्वाईन्ट स्थित पुर्व-पश्चिम सडकखण्डमा खटिएकाे चेकिङ टोलीले मंगलबार राति ११ बजे हेटौडाबाट वीरगंज तर्फ जादै गरेको ना ५३ प ३९३० नम्बरको माेटरसाइकलमा सवार दुबै जनामाथि शंका लागेर नियन्त्रणमा लिएकाे थियाे ।
 
चेकजाँच गर्ने क्रममा निजहरुको मोबाईल नियन्त्रणमा लिई सोधपुछ गर्दा निजहरुको मोबाईल मार्फत हेटौडा बाट पथलैया तर्फ जादै गरेको बा १२ च ९७४२ नं.को पिकअप गाडीमा ला.औ.गाँजा आउदै छ भन्ने सुचना प्राप्त भयाे ।
 
सूचना प्राप्त हुन साथ उक्त पिकअपलाई साेही ठाउँमा रोक्न खोज्दा प्रहरीलाई देखी भित्री सडक खण्ड तर्फ भाग्ने क्रममा बिक्रम चोक नजिक पिकअप गाडी छाडी चालक फरार भएको र सो गाडी चेक जाँच गर्दा गाडीको ढाला र क्याबिन मुनी ११ वटा पोकामा लागु औषध गाँजा ७० के.जी.फेला परेको जिल्ला प्रहरी कार्यालय मकावनपुरले जनाएकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...