Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

शारदा माविमा प्राविधिक कक्षा संचालन गर्न आर्थिक समस्या

spot_img
spot_img

वीरगंज ।  वीरगंज महानगरपालिकाकाे वडा नं. २४ स्थित शारदा माद्यमिक विद्यालय बहुअरी सुगौलीका प्रधानाध्यापक विनोद मेहताले प्राविधिक तर्फकाे कक्षा संचालन गर्न आर्थिक समस्या देखिएकाे वताएका छन् ।

उनले विद्यालयकाे समस्या सन्दर्भमा संचारकर्मीहरुसंग कुरा गर्दै प्राविधिक तर्फकाे कक्षा संचालन गर्न शिक्षकलाई तलब समेत दिन समस्या भएकाे वताएका हुन् । उनले भने ‘शारदा माविमा सञ्चालित सीटीईभीटीअन्तर्गतका कोर्सका लागि कुनै पनि सरकारी निकाय, दाता अथवा एजेन्सीबाट सहयोग आउँदैन । विद्यार्थीहरूबाट उठेको शुल्कबाट कोर्स चल्छ । पैसा नै नपाएको खण्डमा त्यसलाई रोकेर राख्ने कुरै भएन ।’ 

सीमित विद्यार्थीहरूले पनि समयमा शुल्क नबुझाउँदा शिक्षकलाई तलब दिन समस्या परेको उनको भनाई छ । ‘विद्यार्थीको सङ्ख्या पनि थाेरै छ । उनीहरूले पनि समयमा शुल्क बुझाउँदैनन् । बुझाएकाे शुल्कबाट पनि सबै खर्च धाउने अवस्था छैन् । कुनै सरकारी निकाय वा दाताबाट सहयोग पनि आउँदैन, विद्यालयको खातामा पनि पैसा छैन,’ ‘यस्तो अवस्थामा प्राविधिक कक्षा संचालन गर्न समस्या भएकाे हाे ?’

प्राविधिक शिक्षाको कक्षाहरू नियमित रूपमा सञ्चालनमा ल्याउन विद्यालय प्रयासरत रहेको मेहताले बताए । अभिभावक, जनप्रतिनिधि, विद्यार्थी सबैसँग छलफल गरेर एउटा निक्र्यौल निकाल्ने प्रयास जारी रहेको उनले बताए । वीरगंज महानगरपालिकाले पनि यसको लागि पहल गर्नुपर्ने उनको भनाई थियो ।

केही दिन पहिला विद्यालयमा भएकाे विवादकाे सन्दर्भमा कुरा गर्दै प्राधानाध्यापक मेहताले विद्यार्थीहरु विच भएकाे विवादलाई सञ्चारमाध्यमले बङ्ग्याएको आरोप लगाए ।

शिक्षकले विद्यार्थीलाई कक्षाकोठामा थुनेर कुटेको भन्दै विभिन्न सञ्चारमाध्यमहरूमा आएका समाचारको खण्डन गर्दै प्रधानाध्यापक महेताले यस्तो आरोप लगाएका हुन् ।

नियमित पठनपाठनलगायतको विषय उठान गर्दै विरोध प्रदर्शन गरिरहेका विद्यालयका प्राविधिक सङ्काय र माविका विद्यार्थीबिच भएको विवादलाई सञ्चारमाध्यमले बङ्ग्याएर शिक्षकले विद्यार्थीलाई कक्षाकोठामा थुनेर कुटपिट गरेको भन्दै सम्प्रेषण गरेको महेताको भनाई छ ।

‘गत आइतबार विद्यालयमा कोही पनि शिक्षक नभएको बेला प्राविधिक सङ्कायका विद्यार्थीहरूले विद्यालयको मूल ढोकामा तालाबन्दी गरेका थिए । सोही बेला आएका माविका विद्यार्थी र उनीहरूबिच विवाद सुरु भयो ।

विवादका क्रममा उनीहरूबिच हातपात समेत भयो,’ महेताले भने, ‘हातपातको खबर सुन्न साथ विद्यालय पुगेका माविका शिक्षकहरूले विवादलाई समाधान गर्न पहिलो तल्लामा रहेका प्राविधिक सङ्कायका विद्यार्थीलाई माथि नै रोक्न केही समयका लागि भर्‍याङ अगाडि रहेको कैँची ढोकालाई बन्द गरिदिए । सोही दृश्यलाई कैद गरेर केही सञ्चारकर्मी साथीहरूले विषयलाई बङ्ग्याएर सम्प्रेषण गरिदिनुभयो ।’

विवाद उग्र हुँदै कसैलाई चोटपटक नलागोस् भनेर शिक्षकहरूले गरेको राम्रो कामलाई समेत सञ्चारमाध्यमले सत्य तथ्य नै नबुझी बङ्ग्याएर लेख्नु गलत भएको उनको कथन छ । विवादलाई साम्य पार्ने बाहेक शिक्षकहरूको कुनै संलग्न समेत नभएको उनको दाबी छ ।

मेहताको दाबीलाई विद्यार्थीले पनि समर्थन गरेका छन् । प्राविधिक सङ्कायमा अध्ययनरत अनिल साहले पनि विद्यार्थीबिच भएको विवादलाई साम्य पार्ने उद्देश्यका साथ शिक्षकहरूले केही समयका लागि भर्‍याङ अगाडिको कैँची ढोका बन्द गरेको स्वीकारे । 

विवादले उग्र रूप लिएपछि अन्तिम विकल्पका रूपमा शिक्षकहरूले बाध्य भएर प्राविधिक सङ्कायका विद्यार्थीलाई पहिलो तल्ला मै रोक्न भर्‍याङ अगाडिको ढोका बन्द गरेको उनले बताए । ‘विद्यार्थीबिचको विवाद उग्र बन्दै गइरहेको थियो । दुवै समूहका विद्यार्थी आक्रोशित थिए । विवादलाई थप बढ्न नदिन शिक्षकहरूद्वारा हामीलाई माथि नै रोक्न केही बेरका लागि भर्‍याङ अगाडिको कैँची ढोका बन्द गरिएको थियो,’ विद्यार्थी साहले भने, ‘सञ्चारमाध्यममा आए जस्तो हामीलाई थुन्न अथवा कुट्नको लागि होइन ।’ 

विद्यालयका प्रधानाध्यापक विनोद महेताले सञ्चारमाध्यममा लगाइएका अन्य आरोपहरूको पनि खण्डन गरे । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले पैसा पठाए पनि विद्यालयले शिक्षकहरूको तलब भत्ता रोकेको भन्दै आएका समाचारहरू पनि निराधार र तथ्यहीन भएको उनले बताए ।

राजनीतिक द्वेष र रिसिइबिका कारण विद्यालय भित्र र बाहिरका केही तत्त्वहरूले विद्यार्थीलाई उक्साएको हुनसक्ने महेताको आशङ्का छ । प्रयोगात्मक परीक्षा चलिरहेको बेला नियमित कक्षा सञ्चालन सञ्चालन नभएको भन्दै विद्यार्थीले गरेको आन्दोलनको पनि कुनै औचित्य नै नभएको उनले बताए । ‘१८ गते बिहीबारसम्म उनीहरूको प्रयोगात्मक परीक्षा थियो । अनि १४ गते नै नियमित कक्षा सञ्चालन हुनुपर्‍यो भन्दै विद्यार्थीले विरोध गर्न थाले । यो उनीहरू आफैले गरेकै होइनन् । अन्य तत्त्वहरूले उनीहरूलाई उक्साएका छन्,’ उनले भने ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...