Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

भेडियाहीमा नि:शुल्क आँखा शिविर

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाको वडा ३१ भेडियाहीमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । वीरगंज महानगरपालिकाको सहयोग तथा साहिब दरबार वीरगंज र वीरगंज सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो ।

शिविरमा १२० जनाको आँखा तथा दाँत जाँच गरिएको साहिब दरबारका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिए । जाँच गरिएकामध्ये ४३ जनाको मोतियाविन्दुको समस्या पाइएको उनले वताए ।

मोतियाबिन्दुको समस्या देखिएकाहरुको बुधबार अस्पतालमा नि:शुल्क सल्यकृया गरिने अस्पतालका मेडिकल अधिकृत महेश धामीले जानकारी दिए ।

साहिब दरबार र सामुदायिक आँखा अस्पतालको आयोजनामा आउँदा दिनमा पनि महानगरका विभिन्न वडामा नि:शुल्क आँखा तथा दाँत जाँच शिविर संचालन हुने पनि मेडिकल अधिकृत धामीले बताए । शिविरमा आएकाहरुको मेडिकल अधिकृत धामी र प्रेम घिमिरेले आँखा जाँच गरेका थिए ।

शिविरमा साहिब दरबारका अध्यक्ष उमेशलाल सहनी, उपाध्यक्ष प्रेमबाबु पटेल, अवधेस यादव, सुरज गुप्ता, हफिज मियाँ लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...