Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

भेडियाहीमा नि:शुल्क आँखा शिविर

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाको वडा ३१ भेडियाहीमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । वीरगंज महानगरपालिकाको सहयोग तथा साहिब दरबार वीरगंज र वीरगंज सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो ।

शिविरमा १२० जनाको आँखा तथा दाँत जाँच गरिएको साहिब दरबारका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिए । जाँच गरिएकामध्ये ४३ जनाको मोतियाविन्दुको समस्या पाइएको उनले वताए ।

मोतियाबिन्दुको समस्या देखिएकाहरुको बुधबार अस्पतालमा नि:शुल्क सल्यकृया गरिने अस्पतालका मेडिकल अधिकृत महेश धामीले जानकारी दिए ।

साहिब दरबार र सामुदायिक आँखा अस्पतालको आयोजनामा आउँदा दिनमा पनि महानगरका विभिन्न वडामा नि:शुल्क आँखा तथा दाँत जाँच शिविर संचालन हुने पनि मेडिकल अधिकृत धामीले बताए । शिविरमा आएकाहरुको मेडिकल अधिकृत धामी र प्रेम घिमिरेले आँखा जाँच गरेका थिए ।

शिविरमा साहिब दरबारका अध्यक्ष उमेशलाल सहनी, उपाध्यक्ष प्रेमबाबु पटेल, अवधेस यादव, सुरज गुप्ता, हफिज मियाँ लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...