Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

हराएको बालिकाकाे उद्दार

spot_img
spot_img

वीरगंज । बारामा हराएकाे एक ३ बर्षिय बालिकाकाे प्रहरीले उद्दार गरेकाे छ । कलैया उपमहानगरपालिका वडा नं.२ कवलपुर निवासी श्याम बाबु यादवकी ३ बर्षिय छाेरी रागेनी यादवकाे उद्दार गरिएकाे बारा प्रहरीले जनाएकाे छ ।

कलैया बजारबाट हराएकी बालिकाकाे साेमबार विहान १०:०० बजेको समयमा उद्दार गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराकाे प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) दधिराम न्याैपानेले जानकारी दिए ।

बालिका हराएकाे खबर यस कार्यालयमा प्राप्‍त हुन साथ तत्कालै अस्थाई प्रहरी पोष्‍ट बसपार्क कलैयाबाट खोज तलाश गर्न खटिईएको प्रहरी टोलीले निज बालिकालाई कलैया उप-महानगरपालिका वडा नं.१ राजदेवी मन्दिर नजिकैबाट फेला पारी उद्दार गरेकाे डिएसपी न्याैपानेले वताए ।

उद्दार गरिएकाे बालिकालाई जिल्ला प्रहरी कार्यालय बारा मार्फत निज बालिकाकी आमा चिन्ता देवी यादवलाई जिम्मा लगाई बुझाईएको उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...