Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

शंकराचार्यद्वारमा जडान गरिएको बत्ती चोर्ने एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । वीरगंजको शंकराचार्यद्वारलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ति चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिकाले नेपालकै मुख्य प्रवेशद्वारको रुपमा रहेको शंकराचार्यद्वारलाई आकर्षक बनाउन जडान गरेको बत्ति गएको शुक्रबार राति चोरी भएको थियो । प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले बत्ति चोरी गरेर लैजाँदै गरेको अवस्थामा वीरगंज महानगरपालिका वडा नं. १ छपकैयाँका निवासी अरमान अलीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका अलीलाई वडा प्रहरी कार्यालय विर्तामा राखेर अभद्र व्यवहार कसूरमा मुद्धा चलाइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कु्मार बिक्रम थापाले जानकारी दिए ।

यस अघि घण्टाघर सौन्दर्यकरणमा प्रयोग भएको बत्ति चोरी भएको थियो । सो घटनामा संलग्न भएको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरि कारबाही गरिसकेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...