Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

शंकराचार्यद्वारमा जडान गरिएको बत्ती चोर्ने एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । वीरगंजको शंकराचार्यद्वारलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ति चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिकाले नेपालकै मुख्य प्रवेशद्वारको रुपमा रहेको शंकराचार्यद्वारलाई आकर्षक बनाउन जडान गरेको बत्ति गएको शुक्रबार राति चोरी भएको थियो । प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले बत्ति चोरी गरेर लैजाँदै गरेको अवस्थामा वीरगंज महानगरपालिका वडा नं. १ छपकैयाँका निवासी अरमान अलीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका अलीलाई वडा प्रहरी कार्यालय विर्तामा राखेर अभद्र व्यवहार कसूरमा मुद्धा चलाइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कु्मार बिक्रम थापाले जानकारी दिए ।

यस अघि घण्टाघर सौन्दर्यकरणमा प्रयोग भएको बत्ति चोरी भएको थियो । सो घटनामा संलग्न भएको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरि कारबाही गरिसकेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...