Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

ग्रान्ड डिजाइनअन्तर्गत सङ्घीयता खारेज गराउने चलखेल भइरहेको छ : प्रदीप यादव

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा फसेका नेपालीहरूको अविलम्ब उद्धार गर्न सरकारसँग माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले इजरायलमा हमासको आक्रमणले असुरक्षित भई उद्धारको पर्खाइमा रहेका नेपालीहरूलाई तत्काल उद्धार गरी स्वदेशमा ल्याउनका पहल गर्न सरकारसँग माग गरेका हुन् ।

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका यादवले भने, ‘इजरायलको द्वन्द्वमा फसेका नेपालीहरू असुरक्षित छन् । उद्धारका लागि गुहार मागी रहेका छन् । उनीहरूलाई जसरी हुन्छ नेपाल सरकारले अविलम्ब उद्धारका लागि पहल गरिहाल्नु पर्छ ।

यस्तै बझाङमा भूकम्पबाट पीडित घाइते र घरबारविहीन भएकाहरूको उद्धार र राहतमा लाग्न पनि उनले सरकारसँग आग्रह गरे ।

फरक प्रसङ्गमा बोल्दै सांसद यादवले अहिले सङ्घीयतालाई बदनाम र कमजोर पार्ने नियतले देशका विभिन्न स्थानमा जुलुस र प्रदर्शनै भइरहेकाले त्यसलाई रोक्न सरकारसँग माग गरे । 

यादवले भने, ‘यो मुलुकमा सङ्घीयता कसैको दान वा उपहारमा आएको होइन । लाखौँ जनताको सङ्घर्ष र हजारौँको बलिदानीबाट सङ्घीयता आएको हो । त्यसका कारण सङ्घीयतालाई कमजोर पार्ने वा बदनाम गराउने तत्त्वको पहिचान गरेर सरकारले तत्काल उनीहरूविरुद्ध कानुनी कारबाही अगाडि बढाइ हाल्नु पर्छ ।’

यादवले केन्द्रीय सरकारले सङ्घीयता बलियो बनाउन नचाहेको समेत आरोप लगाए । ‘यसलाई मजबुत बनाउने सरकारको काम हो । सबै शक्ति माथि राख्ने, प्रदेशलाई नदिने अनि कसरी हुन्छ ? सरकार बदनाम हुन्छ नै । अघिल्लो सरकार पनि त्यही, अहिलेको सरकार पनि त्यही बाटोमा छ,’ उनले भने ।

सङ्घीय प्रहरी प्रशासन राखेर सङ्घीयता बलियो नहुने भन्दै उनले प्रदेश प्रहरी ऐन कार्यान्वयन गर्न माग पनि गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...