Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

रात्री बजारकाे बिषयमा घरेलु तथा साना उद्याेग कार्यालयसंग छलफल

spot_img
spot_img

वीरगंज । नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) वीरगंजले आइतबार वीरगंजस्थित घरेलु तथा साना उद्योग कार्यालय वीरगंजका प्रमुख धनञ्जय कुमार सिंहसँग छलफल गरेको छ ।

वीरगंजमा आयाेजना हुने रात्री बजारकाे बिषयमा भएकाे छलफलकाे क्रममा एनवाइईएफले रात्रि बजारमा लाग्ने स्टलमा स्थानीय उद्योगहरूले उत्पादन गर्ने बस्तु र उनीहरूले प्रदान गर्ने सेवालाई विशेष महत्त्व दिइने सहमती भएकाे छ ।

घरेलु तथा साना उद्योग कार्यालय वीरगंजका प्रमुख धनञ्जय कुमार सिंहले रात्री बजारमा सक्दाे सहयाेग गर्ने बताए । प्रमुख सिंहले घरेलु तथा साना उद्योग कार्यालयले २० वटा स्टलमा पर्सा जिल्लाका विभिन्न स्थानमा सञ्चालित उद्योगहरूको उत्पादनलाई प्रदर्शनीमा राख्ने प्रतिबद्धता जनाए ।

सिंहले सुरक्षाको दृष्टिकोणले रात्रि बजार चुनौतीपूर्ण हुनसक्ने बताउँदै त्यस तर्फ ध्यान पुर्‍याउन पनि आग्रह गरे । उनले रात्रिको समयसँगै दिउँसो पनि बजारलाई खुल्ला राख्दा वीरगंज बाहिरबाट आउने मानिसले पनि स्थानीय उत्पादन खरिद गर्न सक्ने बताए ।

एनवाइईएफ वीरगंजका अध्यक्ष सन्दीप अग्रवालले रात्री बजारमा घरेलु तथा साना उद्योग कार्यालयको सहयोग महत्त्वपूर्ण रहने बताए । अग्रवालले अन्य मुलुकमा उत्पादन हुने बस्तुभन्दा पनि स्वदेशी उत्पादनलाई स्टल बुकिङमा विशेष प्राथमिकता समेत दिइने बताए ।

छलफलमा एनवाइईएफको तर्फबाट दुतिय उपाध्यक्ष विश्वास प्रताप शाह, कार्यसमिति सदस्यहरू दिपल खन्ना, विकास ठाकुर, अक्षत शाह, किशन क्याल, साधारण सदस्य आशु कुमार सर्राफ, सञ्चारकर्मी शम्भु कुमार सुमन लगायतको सहभागिता थियो ।

नेपालहरूको ठूलो पर्वमध्येको एक दसैँमा वीरगंजमा आयोजना हुन लागेको पाँच दिने रात्रि बजारको तयारीकाे क्रममा सह आयाेजक समेत रहेका एनवाईएफले घरेलु तथा साना उद्याेग कार्यालयसंग छलफल गरेकाे हाे ।

वीरगंज महानगरपालिकाले स्थानीय सङ्घ संस्थाहरूसँगको सहकार्यमा आयोजना गर्न लागेको पाँच दिने रात्रि बजारको तयारी स्वरूप स्टल बुकिङदेखि सरोकारवाला निकायसँगको छलफल तीव्र पारेकाे हो ।

एनवाइईएफले नेपाली उत्पादन तथा सेवालाई प्रवर्द्धन र प्रचार प्रसारका लागि नेपाल उद्योग वाणिज्य सङ्घको महत्त्वाकाङ्क्षी परियोजना “मेड इन नेपाल” लाई प्राथमिकता दिइरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...