Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

रात्री बजारकाे बिषयमा घरेलु तथा साना उद्याेग कार्यालयसंग छलफल

spot_img
spot_img

वीरगंज । नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) वीरगंजले आइतबार वीरगंजस्थित घरेलु तथा साना उद्योग कार्यालय वीरगंजका प्रमुख धनञ्जय कुमार सिंहसँग छलफल गरेको छ ।

वीरगंजमा आयाेजना हुने रात्री बजारकाे बिषयमा भएकाे छलफलकाे क्रममा एनवाइईएफले रात्रि बजारमा लाग्ने स्टलमा स्थानीय उद्योगहरूले उत्पादन गर्ने बस्तु र उनीहरूले प्रदान गर्ने सेवालाई विशेष महत्त्व दिइने सहमती भएकाे छ ।

घरेलु तथा साना उद्योग कार्यालय वीरगंजका प्रमुख धनञ्जय कुमार सिंहले रात्री बजारमा सक्दाे सहयाेग गर्ने बताए । प्रमुख सिंहले घरेलु तथा साना उद्योग कार्यालयले २० वटा स्टलमा पर्सा जिल्लाका विभिन्न स्थानमा सञ्चालित उद्योगहरूको उत्पादनलाई प्रदर्शनीमा राख्ने प्रतिबद्धता जनाए ।

सिंहले सुरक्षाको दृष्टिकोणले रात्रि बजार चुनौतीपूर्ण हुनसक्ने बताउँदै त्यस तर्फ ध्यान पुर्‍याउन पनि आग्रह गरे । उनले रात्रिको समयसँगै दिउँसो पनि बजारलाई खुल्ला राख्दा वीरगंज बाहिरबाट आउने मानिसले पनि स्थानीय उत्पादन खरिद गर्न सक्ने बताए ।

एनवाइईएफ वीरगंजका अध्यक्ष सन्दीप अग्रवालले रात्री बजारमा घरेलु तथा साना उद्योग कार्यालयको सहयोग महत्त्वपूर्ण रहने बताए । अग्रवालले अन्य मुलुकमा उत्पादन हुने बस्तुभन्दा पनि स्वदेशी उत्पादनलाई स्टल बुकिङमा विशेष प्राथमिकता समेत दिइने बताए ।

छलफलमा एनवाइईएफको तर्फबाट दुतिय उपाध्यक्ष विश्वास प्रताप शाह, कार्यसमिति सदस्यहरू दिपल खन्ना, विकास ठाकुर, अक्षत शाह, किशन क्याल, साधारण सदस्य आशु कुमार सर्राफ, सञ्चारकर्मी शम्भु कुमार सुमन लगायतको सहभागिता थियो ।

नेपालहरूको ठूलो पर्वमध्येको एक दसैँमा वीरगंजमा आयोजना हुन लागेको पाँच दिने रात्रि बजारको तयारीकाे क्रममा सह आयाेजक समेत रहेका एनवाईएफले घरेलु तथा साना उद्याेग कार्यालयसंग छलफल गरेकाे हाे ।

वीरगंज महानगरपालिकाले स्थानीय सङ्घ संस्थाहरूसँगको सहकार्यमा आयोजना गर्न लागेको पाँच दिने रात्रि बजारको तयारी स्वरूप स्टल बुकिङदेखि सरोकारवाला निकायसँगको छलफल तीव्र पारेकाे हो ।

एनवाइईएफले नेपाली उत्पादन तथा सेवालाई प्रवर्द्धन र प्रचार प्रसारका लागि नेपाल उद्योग वाणिज्य सङ्घको महत्त्वाकाङ्क्षी परियोजना “मेड इन नेपाल” लाई प्राथमिकता दिइरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...