Date
शुक्र, अशोज २, २०८३
Fri, September 18, 2026

बलात्कार आराेपमा नसिर पक्राउ

spot_img
spot_img

वीरगंज । राैतहटमा १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । गुजरा नगरपालिका-५ का २० वर्षीय नसिर इमामलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले शनिबार गिरफ्तार गरेको हाे ।

आरोपितले पीडितलाई असोज १९ गते शुक्रबार राती बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरुद्ध असोज २० गते शनिबार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएका हुन् ।

आरोपित विरुद्ध असोज २१ गते जिल्ला अदालतमा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गराउनुको साथै ७ दिनको म्याद थप गराई अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएकाे छ ।

पीडितको स्वास्थ्य परीक्षण असोज २० गते चन्द्रनिगाहपुर अस्पतालमा गरिएको थियाे ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...