Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

परवानीपुरमा जसपाको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

spot_img
spot_img

आनन्द पटेल/
परवानीपुर ।
बाराको परवानीपुर गाउँपालिका वडा नं. ४ चैनपुर टोलमा शनिबार जनता समाजवादी पार्टी (जसपा) को पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न पार्टी परित्यागगरी ३८ जनाले जसपामा प्रवेश गरेकाे जनाइएकाे छ ।

प्रवेश गर्नेहरुमा सिकेन्द्र पटेल, सुनील पटेल, सन्दिप पटेल, सन्तोष राम, नरेश राय, भगवत यादव, फर्मुला देवान, राम विनय साह, दीपक राम, मोतीलाल राम, मनोज गुप्ता लगायत रहेका छन । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथी संविधान सभा सदस्य तथा पार्टीका राजनीतिक समिति सदस्य आत्माराम साहले फूलमाला लगाई पार्टीमा प्रवेश गराएका थिए ।

साथै प्रमुख अतिथी साहले नवप्रवेसीहरुलाई पार्टीमा उचित जिम्मेवारी दिने र पार्टीको काममा लाग्न सबै नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।

कार्यक्रमका विशिष्ट अतिथि पार्टीका जिल्ला अध्यक्ष रामबाबु प्रसाद यादवले नवप्रबेसी युवाहरुलाई पार्टीमा स्वागत गर्दै अब आउने स्थानीय निर्वाचनमा पार्टीले राम्रो नतिजा निकालनेमा आफू विश्वस्त रहेको बताए ।

उनले यो पार्टी प्रवेशले यस क्षेत्रमा पार्टी प्रति युवाहरुको विश्वास र लगाव बढेको हुनाले सबै मिली अब पार्टी र स्थानीय जनताको सेवा गर्न सबैलाई आग्रह गरे ।

कार्यक्रमका विशिष्ट अतिथि अधिबक्ता रामचन्द्र सिंहले शुभकामना दिँदै यो पार्टी प्रवेशले अब आउने निर्वाचनमा जीतको धेरै सम्भावना बढेर गएको बताए । उनले यूवाहरुमा देश बदल्ने शक्ति भएको हुनाले राजनीतिक रूपमा पनि सही पार्टी छान्न आग्रह गरे ।

पार्टीका मधेश प्रदेश कमिटी सदस्य ललिता देवी साहले पार्टीमा प्रवेश गर्ने सबैलाई स्वागत गर्दै सबै एकजुट भएर काम गर्न आग्रह गरिन ।

पार्टीका युवा नेता तथा गाउँपालिका प्रत्यासी सञ्जु साहले पार्टीमा प्रवेश गरेका सबैलाई स्वागत गर्दै हामी युवाहरु अब एकजुट भएर सही काम गर्न आग्रह गरे । उनले आफू पनि एक युवा भएको हुनाले यस क्षेत्रको सबै विषय वस्तु राम्ररी बुझेको र युवाहरुको साथ र सहयोग भए यस क्षेत्रमा शिक्षा, स्वास्थ, बेरोजगारी लगायतको समस्यालाई समाधान गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष रामेश्वर साह, विद्यार्थी नेता निरञ्जन कुमार साह, पार्टीका क्षेत्रीय अध्यक्ष अनिल सहनी, उमेश साह, नरेश यादव लगायत नेता/कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...