Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

पर्साबाट गएकाे अबैध सामान सहितकाे ट्रक बारामा पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साबाट गएकाे अबैध सामान सहितकाे ट्रक बारामा पक्राउ परेकाे छ ।

बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले विरगंजबाट झापा तर्फ जादै गरेको ना.३.ख.१४३ नम्बरकाे ट्रकलाई बाराकाे जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १ पथलैयाबाट नियन्त्रण लिएकाे हाे ।

शुक्रबार राति २२:३० बजेको समयमा पथलैया चोकमा ट्रकलाई रोकी चेक जाँच गर्दा बिल विजक भन्दा बढी र सामानहरुको श्रोत खुलाउन नसकेको भेटिएकाेले नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय बाराका सुचना अधिकारी एवम् प्रहरी नायब उपरिक्षक (डिएसपी) दधिराम न्याैपानेले जानकारी दिए ।

२८ लाख ५० हजार ३ सय तिरसठ्ठी रुपैया बराबरको खुद्रा सामानहरु सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको डिएसपी न्याैपानेले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...