Date
सोम, असार १५, २०८३
Mon, June 29, 2026

जिउतियाकाे अवसरमा पर्साका विद्यालयहरुमा विदा

spot_img
spot_img

वीरगंज । जिउतिया पर्वकाे अवसरमा वीरगंज महानगरपालिका सहित पालिकाहरुले विद्यालमा शुक्रबार विदा दिएको छ ।

वीरगंज महमनगरपालिकाकाे कार्यालयले बिहीबार एक सुचना जारी गरेर जिउतिया पर्वकाे अवसरमा आज शुक्रबार महानगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विदा दिइएको जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पाैडेलले जारी गरेकाे सुचनामा शुक्रबारका दिन वीरगंजमा रहेका सबै विद्यालयमा विदा दिने निर्णय गरिएको उल्लेख छ।

यसैगरी पर्सा कै पोखरिया नगरपालिकाले पनि सबै विद्यालयहरुमा जिउतिया पर्वकाे विदा दिएकाे छ ।

नगरपालिकाले बिहिबार एक सुचना जारी गर्दै महिलाहरुको महान जितिया पर्वकाे नगरपालिका अन्तर्गतका सम्पुर्ण विद्यालयहरु शुक्रबार विदा दिने निर्दै भएकाे जनाएकाे छ । नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत अजय कुमार श्रीवास्तवद्वारा जारि सुचनामा जिउतिया पर्वकाे अवसरमा शुक्रबार विदा दिइएकाे उल्लेख छ ।

यसैगरी पर्सा कै कालिकामाई गाउँपालिकाले पनि विद्यालयहरुमा जिउतियाकाे विदा दिएकाे छ ।

गाउँपालिकाकाे शिक्षा शाखा प्रमुख हिमांशु भट्टले बिहिबार एक सुचना जारी गर्दै गाउँपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयमा शुक्रबार महिलाहरुमाे महान पर्व जिउतियाकाे बिदा रहने जनाएका छन् ।

यसैगरी पर्सा कै पकहाँ मैनपुर गाउँपालिकाले शुक्रवार विद्यालयहरुमा विदा दिएकाे छ ।

 प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहाले विहिबार एक सूचना जारि गर्दै जिउतिया पर्वकाे अवसरमा शुक्रबार सवै सामुदायिक विद्यालयहरुमा विदा दिने निर्णय भएको जनाएका छन् ।

यसैगरी पर्साका अन्या पालिकाहरुले पनि शुक्रबार विद्यालयहरुमा जिउतिया पर्वकाे विदा दिएका छन् 

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

लायन्स क्लब अफ वीरगंजको नेतृत्व दिगम्बर थापालाई, पद हस्तान्तरण सम्पन्न

वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज परिवारको लायन वर्ष (LY) २०२५–२६ को पद हस्तान्तरण तथा लायन वर्ष २०२६–२७ को पदभार ग्रहण कार्यक्रम आइतबार वीरगञ्जस्थित...

मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा ‘जबज’को सान्दर्भिकतामाथि विमर्श

वीरगञ्ज । नेकपा एमालेका नेता तथा पूर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले वर्तमान राजनीतिक परिवेशमा जनताको बहुदलीय जनवाद (जबज) को सान्दर्भिकता झन् बढ्दै गएको बताएका छन्। मदन...

सशस्त्र प्रहरीको सक्रियता : पर्सामा २३ लाखका तस्करीका सामान नियन्त्रणमा

वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले विभिन्न सीमा क्षेत्रबाट भन्सार छली गरी ल्याइएका तथा लैजाँदै गरिएका करिब २३ लाख...