Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

संसद विगठनकाे पराकम्पनहरु अहिले पनि कायमै छ : नेता खनाल

spot_img
spot_img

वीरगंज । नेकपा एकिकृत समाजवादी पार्टीका सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशमा नयाँ संविधान बनेको एक दशक पुग्न लागेको एवं पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको १८ बर्ष पुगको भएपनि जनताको जनअपेक्षा अनुसार काम गर्न नसकीएको बताएका छन् ।

समाजवादी जागरण अभियान अन्तर्गत वीरगंजमा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै नेता खनालले देशमा अस्थिरता, महगी, भ्रष्टाचार, आर्थिकमन्दी मात्र नभई राजनितिक अस्थिरता पनि कायम रहेको हुँदा जनताको शक्ति, परिवर्तनको शक्ति, समाजवादको शक्ति र प्रगतिशिल शिक्ति एक भएर समाजवाद प्राप्तीको लागि नयाँ शक्तिको निर्माण गर्नु पर्ने वताएका हुन् ।

सदनको विगठनलाई राजनितिक भुकम्प भएको चर्चा गर्दै उनले त्यसको पराकम्पनहरु अहिले पनि आई रहेको बताए । त्यसबाट देशलाई मुक्त गर्न सबै समाजवादी शक्ति एकजुट भएर आगाडी बढनु पर्नेमा खनालले जोड दिए ।

त्यसैगरी पार्टीकी उपाध्यक्ष जयन्ती राईले सबै महिलाहरु चुला चौकाबाट र मेकअपबाट माथी उठेर राजनितिक एवं आर्थिक रुपमा अगाडी आउनु पर्ने बताइन् । उनले महिलाहरु अगाडी आए मात्र समाजवादको यात्रा सहज हुने कुरामा जोड दिइन् ।

नेकपा (एकिकृत समाजवादी) पार्टी पर्साका अध्यक्ष बालगोपाल थापाको अध्यक्षता भएको कार्यक्रममा स्वागत मन्यतव्य पार्टीका वीरगंज महानगर कमिटी अध्यक्ष मनोज चौधरीले गरेका थिए भने कार्यक्रमकाे संचालन प्रचार विभाग सदस्य बृजलाल पासवानले गरेका थिए ।

कार्यक्रममा पार्टीका केन्द्रिय उपमहासचिव बिजय पौडेल, सचिव नागेन्द्र चौधरी, पोलिटव्युरो सदस्य चिरञ्जवी अचार्य, रामचन्द्र साह लगायतको उपस्थिती रहेको थियो ।

पार्टीले शुरु गरेको मेची महाकाली समाजवादी जागरण अभियान बिहिवार पर्सामा पुगेको छ। यात्रामा सहभागी नेताहरुलाई नेकपा (एकिकृत समाजवादी) पार्टी पर्साका नेता तथा कार्यकर्ताहरु वीरगंजमा स्वागत गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...