Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

पूर्वराजा ज्ञानेन्द्रको पछिल्लो गतिविधी प्रति सरकारले निगरानी गरोस् : प्रदीप यादव

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक प्रदीप यादवले मधेसमा पछिल्लो समययता धाार्मिक सद्भाव बिथोल्न भइरहेका उच्छृंखल गतिविधीप्रति सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

- Advertisement -

बिहीबार प्रतिनिधी सभाको बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका यादवले धार्मिक तनाव बढाउनुको पछाडि पूर्वराजा ज्ञानेन्द्र शाहको हात रहेको आशंका व्यक्तपनि गरे । उनले भने,‘अहिले आफुलाई राजावादी भन्नेहरू हौसिएका छन। किन ? । कतै आगो लगाएर न्यानो ताप्ने योजना त छैन यिनीहरूको ? ।’

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य (सांसद) समेत रहेका यादवले पुर्वराजा ज्ञानेन्द्र शाहको लोकतन्त्र विरोधी गतिविधिको निगरानी गर्न सरकारसंग मागपनि गरे ।

मधेस जहिल्यै पनि गणतन्त्र र संघीयताका लागि लडेको भन्दै यादवले भने,‘ तर अहिले मधेसमा एउटा कुनै शक्तिले षडयन्त्रको तानाबाना बुनेर धार्मिक तनाव गराउने खेल खेलिरहेको छ ।’

मधेसको राजनीतिक शक्ति भनेकै हिन्दू र मुस्लिमबिचको साझा एकता रहेको भन्दै यादवले तर अहिले धार्मिक द्वन्द्व फैलाएर मधेसी जनताबिचको एकतालाई तोडने षडयन्त्र भईरहेको बताए ।

उनले धार्मिक द्वन्द्ध चर्काउने, हिंसाका लागि उक्साउने, सामाजिक सद्भाव भडकाउने अभिव्यक्ति दिने महन्थ वा मौलवी जोसुकै भएपनि उनिहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउन सरकारसंग माग गरे ।

समाजमा द्वन्द्ध र हिंसा फैलाउन उक्साउने व्यक्ति वा समुहको फेसबुक र टिकटक आइडी सरकारलले तुरुन्त बन्द गर्नुपर्नेमा जोड दिए ।

यादवले भने,‘ सोसल मिडियामा उत्तेजक सामग्री राख्ने , पुराना भिडियोलाई तोडडमोड गरी ताजा घटनाका रूपमा प्रस्तुत गर्ने,अर्काको धर्म वा धर्मावलंम्बीलाई अपमान गर्ने, गाली गलौज गर्ने, हिंसा फैलाउन झूठा, मनगढ़ंत कुरा राख्नेहरूको तुरन्त पहिचान गरि दण्डित गर्नपर्छ । उनिहरुको फÞेसबुक र टिकटक आईडी सरकारले तुरून्तै बन्द गर्नुपर्छ ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन घोषणा

काठमाडौँ । नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयविरुद्ध देशव्यापी दबाबमूलक अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तीनै तहका सरकारी...

वीरगंज सडक विस्तार : २४ घण्टामै १२ सय संरचना भत्काइयो, निर्माण सम्पन्न हुन दुई वर्ष लाग्ने

वीरगंज । वीरगंज महानगरपालिका क्षेत्रमा मुख्य सडकको दायाँबायाँ २५ मिटरभित्र रहेका अतिक्रमित संरचना हटाउने कार्य सम्पन्न भएको छ। आइतबार बिहानदेखि डोजर प्रयोग गरी सुरु गरिएको...

वीरगंजमा ६ केजीभन्दा बढी गाँजा सहित ४ भारतीय नागरिक पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध गाँजा सहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। साेमबार बिहान करिब ८:२० बजे वीरगंज महानगरपालिका वडा नं....