Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पत्रकारिता निष्पक्ष हुनुपर्छ : अध्यक्ष डा. अर्याल

spot_img
spot_img

भरतपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डा. कुन्दन अर्यालले पत्रकारिता निष्पक्ष हुनुपर्ने बताएका छन् ।

इन्सेक बागमती प्रदेशको आयोजनामा बुधबार भरतपुरमा आयोजना भएको मानव अधिकार सम्वद्धनमा नागरिक समाज तथा सञ्चारकर्मीको भूमिका विषयक कार्यक्रममा बोल्दै अध्यक्ष डा. अर्यालले आर्थिक र राजनीतिक प्रभावका कारण पत्रकारिता क्षेत्र व्यवसायिक हुनबाट चुकिरहेको बताए ।

‘आर्थिक र राजनीतिक प्रभावले गर्दा पत्रकारिता स्वतन्त्र हुन सकेको छैन, पत्रकारले सत्यको खोजी गर्नु पर्नेमा मुल धर्मबाट विमुख भइरहेको छ’, अध्यक्ष डा. अर्यालले भने ।

पत्रकारसँग समाजको उच्च भरोसा र विश्वास रहेको उल्लेख गर्दै डा. अर्यालले तमाम वेथितिलाई सही ठाउँमा ल्याउन पहल कदमी चाल्ने पत्रकारिता अहिले निष्पक्ष र स्वतन्त्र हुन नसकेको बताए ।

उनले मानव अधिकारको संरक्षण, प्रवद्धन र सम्वद्धनमा पत्रकारको भूमिका महत्वपूर्ण हुने भन्दै मानव अधिकारको विषय बदलिँदो परिवेससँग फरक फरक रहेको बताए ।

राज्य पक्षले नागरिकको न्यूनतम मानव अधिकारको रक्षा गर्न नसकेको अवस्थामा सञ्चार क्षेत्रबाट नागरिकले अपेक्षा गरिरहेको उनको भनाइ छ । न्यायको पहुँचमा कमजोर मानिसहरू नरहेको भन्दै उनले आवाज विहीनको आवाज बनेर निरन्तर वकालत गर्नु पत्रकारको मुख्य जिम्मेवारी रहेको बताए ।

राजनीतिक, आर्थिक कारणले गर्दा स्वतन्त्र र निष्पक्ष पत्रकारिताको अभ्यास कमजोर भएकोमा नागरिक समाजका अगुवाले टिप्पणी गरेका छन् ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारीले नागरिकको मौलिक हक अधिकार रक्षाका लागि राज्य नै पहिलो जिम्मेवार निकाय भएको बताए । राज्य अभिभावक भएकाले उसले नै नागरिकको रक्षा गर्नु पर्ने भन्दै अध्यक्ष अधिकारीले पत्रकारहरू कुनै राजनीतिक धारमा विभाजन हुँदा वास्तविक पीडितको आवाजहरू बाहिर आउन नसकेको बताए ।

चितवन जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष खगराज कँडेलले पत्रकारिताको राजनैतिक पक्षधरता समाजको लागि हानिकारक रहेको बताए । निष्पक्ष, निर्भिक र स्वतन्त्र भनिएको पत्रकारिता क्षेत्र नै राजनैतिक आस्थाका आधारमा देखा पर्ने गरेकोमा गुनासो गर्दै अध्यक्ष कँडेलले चौथो अङ्गको महत्व र गरिमा जोगाउन आवश्यक रहेको बताए ।  

इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीको अध्यक्षतामा भएकाे कार्यक्रममा अधिवक्ताहरू रमेश काफ्ले, मुकुन्द दाहाल, पवित्रा सुवेदी, पत्रकार मधुसुदन दवाडी, माइती नेपालका प्रमुख इश्वर गिरी, एनजिओ फेडरेशनका केन्द्रीय सदस्य सुरेशकुमार अधिकारी, रामचन्द्र आचार्य, पत्रकार कृष्ण खनाललगायतले मानव अधिकार सम्वद्धनमा मिडियाको भूमिका विषयमा आफ्नो विचार राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...