Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

समाचार लेखन र इन्सेक अनलाइन निर्देशिका बारे प्रशिक्षण

spot_img
spot_img

वीरगंज । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार अभिलेखः घटना पहिचान, तथ्य सङ्कलन र प्रसारसम्बन्धी तालिम बुधबारबाट चितवनको सौराहामा सुरु भएको छ ।

उक्त तालिममा इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले इन्सेकको परम्परा र मानव अधिकार अभियानको वर्तमान कार्यदिशा सम्बन्धमा प्रस्ट पारेका थिए । कमैया उन्मुलन, द्वन्द्वको समयमा मानव अधिकार अभियान सञ्चालन, मावन अधिकारमैत्री कानुन निर्माण, निर्वाचनको समयमा मतदाता शिक्षा, राष्ट्रिय मानव अधिकार आयोगको स्थापनामा इन्सेकको भूमिका उल्लेखनीय रहेको अध्यक्ष डा. अर्यालले बताए ।

मानव अधिकारको संरक्षण, सम्वद्धन, अनुसन्धान, वकालत, सङ्घर्ष क्षेत्रमा काम गरिरहेको तथा देशव्यापी र विश्वव्यापी समन्वयमा काम गरिरहेको अध्यक्ष डा. अर्यालले बताए । मानव अधिकारको प्राथमिकता क्षेत्र व्यापक हुँदै गएको सन्दर्भमा मानव अधिकारका घटना देखिने र नदेखिने खालका हुने भएकाले नदेखिने घटनालाई सुक्ष्म तरिकाले खोज्नु पर्ने डा. अर्यालकाे भनाइ छ ।

तालिममा सञ्चार एवम् परामर्शदाता विनोद भट्टराईले पत्रकारको समाचार श्रोत सिडियो, प्रहरी र अदालत मात्र भएको वताउँदै तथ्य खोज्न तल्लो तहसम्म रिपोर्टिङ जरुरी भएको वताए ।

“मानव अधिकारको होस वा पत्रकारिताको, जुनसुकै सूचना संकलन गर्दा समेत पीडित संग कुराकानी वा भेटघाट हुन आवश्यक हुन्छ । तर आजकाल त पत्रकारिता नै मरेको छ ।” उनले भने, “पत्रकार हुँ भन्नेहरुलाई गालि गर्न मात्र मनलाग्ने स्थिति छ ।” नयाँ पुस्तालाई इँकित गर्दै उनले १० बर्षपछि आफु के बन्छु भन्ने कुरामा पूर्व योजना आज नबनाए प्रगति नहुने बताए ।

तालिममा इन्सकेका २३ जिल्लाका सूचना सङ्कलकको सहभागिता रहेको इन्सेक अनलाइनका प्रधान सम्पादक मदन पौडेलले जानकारी दिए । समाचार लेखन र इन्सेक अनलाइन निर्देशिका सम्बन्धमा प्रधानसम्पादक पौडेल र सम्पादक रमेशप्रसाद तिमल्सिनाले जानकारी गराएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...