Date
शनि, साउन २, २०८३
Sat, July 18, 2026

पकहाँकाे सडक अतिक्रमण गरि बनाइएकाे संरचना हटाइयाे

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहाँ मैनपुर गाउँपालिकाले सडक अतिक्रमण गरि बनाइएकाे संरचना हटाएकाे छ ।

सडक अतिक्रमण गरि बनाइएकाे संरचना र माटाे पुरेका कारण पानीकाे निकास रुकेपछि गाउँपालिका अध्यक्ष सुरेश मेहताकाे निर्देशनमा गाउँपालिकाकाे जेसिबिबाट साे संरचानाहरु हटाइएकाे हाे ।

गाउँपालिकाकाे वडा नं. २ स्थित मधुवनी र पकहाँ चाैककाे सडक अतिक्रमण गरि बनाइएकाे संरचनाहरु हटाउनुकाे साथै सडक समेत सफाई गरिएकाे गाउँपालिकाले जनाएकाे छ । 

सडक अतिक्रमणका कारण पकहाँदेखि वीरगंज जाने मुख्य कालाेपत्रे सडकमा पानी जम्नुकाे साथै हिलाे समेत भएकाे थियाे । जस कारण सवारी अवागमनमा कठिनाई भइरहेकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

छपकैया तेक्वान्दो डोजाङमा बेल्ट ग्रेडिङ सम्पन्न, १५ खेलाडी स्तरोन्नत

वीरगंज । छपकैया तेक्वान्दो डोजाङमा शनिबार विभिन्न तहका खेलाडीहरूको बेल्ट ग्रेडिङ (स्तरोन्नति) कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १५ जना खेलाडीले विभिन्न तहका बेल्ट...

कालिकामाई गाउँपालिकाको विवादबारे नेपाली कांग्रेसको ध्यानाकर्षण, सेवा सुचारु गर्न माग

वीरगंज । नेपाली कांग्रेस कालिकामाई गाउँपालिका कार्यसमितिले कालिकामाई गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधिबीच उत्पन्न विवादका कारण पालिकाको सेवा प्रवाह प्रभावित भएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको...

रोयल किड्स मन्टेश्वरीमा मेहन्दी प्रतियोगिता सम्पन्न, प्रेमा देवी प्रथम

वीरगंज । साउन महिनाको पहिलो दिनको अवसर पारेर वीरगंज महानगरपालिका–१० अशोकबाटिकास्थित रोयल किड्स मन्टेश्वरी स्कुलले विद्यार्थीहरूबीच मेहन्दी प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयले आयोजना गरेको...