Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

भन्सार छलीकाे सामान बरामद

spot_img
spot_img

वीरगंज । प्रहरीले भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु बरामद गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय अर्न्तगतका प्रहरी कार्यालयबाट मंगलबार रु ३ लाख २३ हजार ३ सय पन्चान्वे बराबरकाे भन्सार छली चोरी पैठारी गरी ल्याएका समानहरु बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

सर्टिङ थान कपडा १२४ मिटर, कुर्ता सुरवाल ४८ पिस, सलको थान कपडा २४० मिटर, चामल ६ बोरा, चिनी ७७ के.जी., रेडबुल ८८ पिस, ग्याँस सिलिण्डर ३ थान, ग्याँस चुल्हा २ पिस, केराउ ५० के.जी., चक्लेट-२६४ प्याकेट, प्याज १८९ के.जी लगायतका सामानहरु बरामद गरिएकाे प्रवक्ता थापाले वताए ।

बरामद सामानहरु आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा पठाइएको प्रवक्ता थापाले प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा

काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली अर्को इतिहास रच्ने योजनामा छ । मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर कपमा नेपालसामु इतिहास रच्ने मौका...

वित्तीय अनुशासन र कर्मचारी व्यवस्थापन सुधार प्रयासमा मधेस

जनकपुरधाम । मधेस प्रदेश सरकारले पछिल्लो १०० दिनमा वित्तीय अनुशासन, बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन तथा प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेको छ । मधेस प्रदेश सरकारको अर्थ...

कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कर्मचारी सञ्चय कोष...