Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

अनधिकृत रूपमा राखिएकाे २३ क्विन्टल केराउ बरामद

spot_img
spot_img

वीरगंज । भारतबाट तस्करी गरी ल्याइएको २३ क्विन्टल केराउ वीरगंजबाट प्रहरीले बरामद गरेको छ ।

वीरगंज महानगरपालिका १६ रेल्वे रोडमा अजय साहले सञ्चालन गरेको जय माँ गल्ला किराना स्टोर्समा प्रहरीले छापा मारेर २३ क्विन्टल २५ केजी केराउ बरामद गरेको हो ।

गोदाममा अनधिकृत रूपमा भण्डारण गरेर राखिएको ९३ बोरा केराउ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।

बरामद केराउको बजार मूल्य २ लाख ७९ हजार रुपैयाँ रहेको डिएसपी थापाले बताए । 

डिएसपी थापाका अनुसार बरामद केराउ थप अनुसन्धानका तथा कारबाहीको लागि सोमबार नै वीरगंज भन्सार कार्यालयमा बुझाइएको  छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा

काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली अर्को इतिहास रच्ने योजनामा छ । मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर कपमा नेपालसामु इतिहास रच्ने मौका...

वित्तीय अनुशासन र कर्मचारी व्यवस्थापन सुधार प्रयासमा मधेस

जनकपुरधाम । मधेस प्रदेश सरकारले पछिल्लो १०० दिनमा वित्तीय अनुशासन, बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन तथा प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेको छ । मधेस प्रदेश सरकारको अर्थ...

कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कर्मचारी सञ्चय कोष...