Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

चाेरीकाे पोल खुल्ने डरले कान्ती देवीकाे हत्या, ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज । चाेरीकाे पोल खुल्ने डरले एकल महिलाकाे हत्या गरेकाे आराेपमा प्रहरीले ३ जनालाई पक्राउ गरेकाे छ । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं.५ मसिहानी टोल निवासी ५६ बर्षिय कान्ती देवी वीनकाे हत्या आराेपमा प्रहरी उनकाे जेठाजुसहित ३ जनालाई पक्राउ गरेकाे हाे ।

२०८० असाेज २ गते दिउँसो ३ बजेको समयमा विन कै घर कोठा भित्र घाटी रेटी हत्या गरेकाे अवस्थामा उनकाे शव फेला परेको थियाे ।

साेही हत्यामा सलंग्न जगरनाथपुर गाउँपालिका वडा नं.५ मसिहानी टोल निवासी ३६ बर्षिय भुट्टा भन्ने लालबाबु राउत वीन, साेही ठाउँ निवासी ५९ बर्षिय चन्द्रिका राउत र ५७ बर्षिय अमिका भन्ने अमीरीका राउत वीनलाई प्रकाउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक (एसपी) काेमल साहले जानकारी दिए ।

उनका अनुसार सुरुमा शंकास्पद आधारमा लालबाबुलाई पक्राउ गरि अनुसन्धान गर्दा घटनामा मृतककाे जेठाजुहरु चन्द्रिका र अमीरीका समेतको संलग्नता खुलेकाे हाे ।

पक्राउ परेका लालबाबुले अधिकार प्राप्त अधिकारी समक्ष मृतकको जेठाजुहरु चन्द्रिका र अमीरीका समेतको संलग्नता रहेको व्यान समेत दिएका छन् । त्यसपछि निजहरूलाई समेत असाेज १४ गते पक्राउ गरि अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार प्रकाउ परेकाहरुले असाेज १ गते अन्दाजी राति ११:४५ बजेकाे समयमा मृतकको घरमा सुरुङ बनाइ (सेनकाटी) घर भित्र चोरी गर्नको लागि प्रवेश गरेका थिए । उनीहरुले घर भित्र रहेकाे बक्साहरू खोतिल्दै गरेको अवस्थामा मृतक बिउझेपछि आफुहरुलाई चिनेकाे भय र पोल खुल्ने डरले निजहरुले मिली मृतकको टाउकोमा रड र काठको फलेकले प्रहार गरी बेहोस बनाएका थिए ।

त्यस पश्चात, उनीहरुले सिरानीले मुख थुनि खुर्पीले घाँटी रेटी हत्या गरेको भनि प्रकाउ प्रतिवादी लालबाबुकाे बयानबाट खुलेको प्रहरीकाे भनाई छ ।

वैदेशिक राेजगारकाे शिलसिलामा विदेशमा बस्दै आएका मृतकको छोरा जाहेरवाला अर्जुन मुखिया वीन बिदेशबाट घर आए पश्चात प्रतिवादी लालबाबु राउत वीनको नाममा असाेज ०७ गतेका दिन किटानी जाहेरी दरखास्त दिएका  थिए । त्यस पश्चात निज प्रतिवादी लालबाबुलाई पक्राउ गरी प्रस्तुत मुद्दामा सोही दिन म्याद थप गरी अनुसन्धान कार्य जारी गरीएको थियाे ।

अनुसन्धानको क्रममा प्रतिवादीहरूको पोलिग्राफ परीक्षण समेत गराइएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको एसपी साहले वताए ।

घटनाकाे सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालयबाट एसपी साहकाे कमाण्डमा SOCO, तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली घटनास्थलमा खटीएकाे थियाे । घटनास्थल तथा लाशजाँच मुचुल्का लगायतका कार्य पुरा गरी मृतक लाश पोष्ट मार्टमको लागि नारायणी अस्पताल बीरगंजमा पठाइएको थियाे । 

मृतकको छोरा बैदेशिक रोजगारको शिलसिलामा मलेसियामा रहेको हुँदा पोष्ट मार्टम पश्चत मृतक लास सदगतको लागि तत्काल मृतकको जेठाजु नाता पर्ने चन्द्रिका राउत वीनले जिम्मा बुझी लगेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...