Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

सिर्सिया नदी प्रदुषित बनाउनेलाई फेरी कारबाही गर्ने चेतावनी

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका कार्यालयले सिर्सिया नदीको प्रदुषण अझै नरोकिएको भन्दै नदी प्रदुषित गर्ने उद्योगहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगरपालिकाको कार्यालयले आइतबार एक सूचना नै जारी गरेर यसअघि नदी प्रदुषित गर्ने पाँच वटा उद्योगलाई जनही ३/३ लाखका दरले जरीबाना गरेर कारबाही गर्दासमेत नदिको प्रदुषण नरोकिएको जनाएको छ ।

वीरगंज र छिमेकी भारतीय शहर रक्सौलवासीसंग प्रत्यक्ष जोडिएको सिर्सिया नदी लामो समयदेखि प्रदुषित हुदाँ पर्यावरणीय समस्याका साथै धार्मिक अनुष्ठानका कार्यमा समेत बाधा हुँदै आएकोले नदीलाई प्रदुषित नगर्न उद्योगहरुरुलाई असोज २६ गतेसम्मको समय महानगरपालिकाले दिएको छ ।

त्यो बेलासम्मपनि नदीको प्रदुषण नरोकिएको खण्डमा वीरगंज महानगरपालिकाले सम्बन्धित उद्योगहरुलाई वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ बमोजिम कारबाही गर्ने जनाएको छ ।

यसअघि गत चैत १४ गते वीरगंज महानगरपालिकाले सिर्सिया नदी प्रदुषित गर्ने वीरगंज २१ स्थित ग्लोबल लेदर उद्योग प्रालि, अर्निका प्रोसेसिङ उद्योग प्रालि, श्रीसिधी टेक्सटायल्स प्रालि, मोरियम लेदर उद्योग प्रालि र वडा नम्बर ३२ मा अवस्थित दुर्गा पुल्प एण्ड पेपर प्रालिलाई ३/३ लाखका दरले जरीबाना गरेको थियो ।

तर जरीबाना सहितको कारबाही गर्दासमेत नदीलाई प्रदु्षित बनाउने कार्य अझै रोकिएको छैन । उद्योगहरुले आफना फोहोर पदार्थ, प्रदुषित रसायनयुक्त पानी, कोइलाको छाइ लगायतका वस्तु सिधै सिर्सिया नदीमा फाल्दै आएका छन् । जसका कारण सिर्सिया नदीमा कालो र दुर्गन्धित लेदोसहितको पानी बग्ने गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा

चितवन । चितवनका ग्यास व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन् । चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका उद्योगले राजधानीमा एलपी ग्यास...

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...