Date
शनि, साउन २, २०८३
Sat, July 18, 2026

वीरगंज घण्टाघरकाे बत्ती चोर्ने एक भारतीयसहित दुई पक्राउ

spot_img
spot_img

वीरगंज । वीरगंज घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ति तोडफोड गर्ने र चोर्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिकाले घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरेको बत्ति गत शुक्रबार राति तोडफोड गर्नुका साथै चोरीसमेत भएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले आइतबार बेलुकी घण्टाघर क्षेत्रबाटै दुई जनालाइ पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय वीर्ताबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नम्बर ८ का १८ वर्षिय अविनाश खत्री र भारतको मोतीहारी घर भएका १८ वर्षिय नितेश मल्लीकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सिसि टिभीमा रेकर्ड भएको दृश्यका आधारमा अनुसन्धान गर्दै जाँदा उत्तः घटनामा खत्री र मल्लिक संलग्न रहेको भेटिएपछि पक्राउ गरिएको प्रहरीको भनाई छ ।

दुवै जनालाई .वडा प्रहरी कार्यालय वीर्तामा राखेर अभद्र व्यवहार कसूरमा मुद्धा दर्ता गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कु्मार बिक्रम थापाले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

छपकैया तेक्वान्दो डोजाङमा बेल्ट ग्रेडिङ सम्पन्न, १५ खेलाडी स्तरोन्नत

वीरगंज । छपकैया तेक्वान्दो डोजाङमा शनिबार विभिन्न तहका खेलाडीहरूको बेल्ट ग्रेडिङ (स्तरोन्नति) कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १५ जना खेलाडीले विभिन्न तहका बेल्ट...

कालिकामाई गाउँपालिकाको विवादबारे नेपाली कांग्रेसको ध्यानाकर्षण, सेवा सुचारु गर्न माग

वीरगंज । नेपाली कांग्रेस कालिकामाई गाउँपालिका कार्यसमितिले कालिकामाई गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधिबीच उत्पन्न विवादका कारण पालिकाको सेवा प्रवाह प्रभावित भएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको...

रोयल किड्स मन्टेश्वरीमा मेहन्दी प्रतियोगिता सम्पन्न, प्रेमा देवी प्रथम

वीरगंज । साउन महिनाको पहिलो दिनको अवसर पारेर वीरगंज महानगरपालिका–१० अशोकबाटिकास्थित रोयल किड्स मन्टेश्वरी स्कुलले विद्यार्थीहरूबीच मेहन्दी प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयले आयोजना गरेको...