Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंज बजार ब्यवस्थापन समितीद्वारा बजार अनुगमन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका अन्तर्गतको वीरगंज बजार ब्यवस्थापन तथा अनुगमन समितीले साेमबार बजार अनुगमन गरेको छ ।

वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको संयोजकत्वमा रहेको समितीले वीरगंज बजार अनुगमन गरेकाे हाे । अनुगमन समिति वीरगंजकाे पानगलीमा पुग्दा त्यहाँ रहेका अधिकांश किराना पसलका सटरहरु बन्द भएका थिए ।

अनुगमन समितीका सदस्य कनैहिया ठकुरका अनुसार ब्यापारीहरुले अनुगमन समितिलाई देख्नै वितिकै पसलका सटरहरु बन्द गर्न थालेका थिए । उनले भने “अनुगमनमा सहयोग गर्नुको सट्टा आ-आफ्नो पसलको सटर बन्द गरि भागेको अवस्था फेला पर्याे । म ती व्यापारीहरुलाई के भन्न चाहन्छु कि हामी तपाईहरुलाई दु:ख दिन खोजेको होइन, हामी बाजारमा मात्र म्याद गुज्रेका सामान हेर्न मात्र गएका हाैं ।”

अनुगमनकाे क्रममा फेला परेको म्याद गुज्रेकाे खाद्यान्न समाग्रीलाई जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नगर प्रहरी र अनुगमन समितिकाे रोहबरमा जलाएर नस्ट गरिएको थियो ।

हिन्दुहरुको महान चाडपर्व दशैको मध्यनजर गर्दै अनुगम तिब्र गर्न वीरगंज महानगरपालिकाका उप प्रमुख एवम् अनुगमन समितीका संयोजक इम्तियाज आलमले निर्देशन समेत दिएकाे उनकाे प्रेस सल्लाहकार महमद सदाबले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...