Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगंज बजार ब्यवस्थापन समितीद्वारा बजार अनुगमन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका अन्तर्गतको वीरगंज बजार ब्यवस्थापन तथा अनुगमन समितीले साेमबार बजार अनुगमन गरेको छ ।

वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको संयोजकत्वमा रहेको समितीले वीरगंज बजार अनुगमन गरेकाे हाे । अनुगमन समिति वीरगंजकाे पानगलीमा पुग्दा त्यहाँ रहेका अधिकांश किराना पसलका सटरहरु बन्द भएका थिए ।

अनुगमन समितीका सदस्य कनैहिया ठकुरका अनुसार ब्यापारीहरुले अनुगमन समितिलाई देख्नै वितिकै पसलका सटरहरु बन्द गर्न थालेका थिए । उनले भने “अनुगमनमा सहयोग गर्नुको सट्टा आ-आफ्नो पसलको सटर बन्द गरि भागेको अवस्था फेला पर्याे । म ती व्यापारीहरुलाई के भन्न चाहन्छु कि हामी तपाईहरुलाई दु:ख दिन खोजेको होइन, हामी बाजारमा मात्र म्याद गुज्रेका सामान हेर्न मात्र गएका हाैं ।”

अनुगमनकाे क्रममा फेला परेको म्याद गुज्रेकाे खाद्यान्न समाग्रीलाई जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नगर प्रहरी र अनुगमन समितिकाे रोहबरमा जलाएर नस्ट गरिएको थियो ।

हिन्दुहरुको महान चाडपर्व दशैको मध्यनजर गर्दै अनुगम तिब्र गर्न वीरगंज महानगरपालिकाका उप प्रमुख एवम् अनुगमन समितीका संयोजक इम्तियाज आलमले निर्देशन समेत दिएकाे उनकाे प्रेस सल्लाहकार महमद सदाबले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा

चितवन । चितवनका ग्यास व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन् । चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका उद्योगले राजधानीमा एलपी ग्यास...

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...