Date
शुक्र, जेष्ठ २९, २०८३
Fri, June 12, 2026

श्रीमानको हत्या गराउने योजनाकार श्रीमती सोनम पक्राउ

spot_img
spot_img
वीरगंज । आफ्नै श्रीमानकाे हत्या गराएकाे आराेपमा पक्राउ परेकी भारत मोतिहारी जिल्ला, दर्पा थाना-१, सुक्लहिया बस्ने वर्ष २३ को सोनम सहनी सिंहलाई प्रहरीले सार्वजनिक गरेकाे छ ।
 
असोज ९ गते बाराको पचरौता नगरपालिका–६ स्थित लक्ष्मिनियामा अजित कुमार सिंहको गोली हानेर हत्या गरिएको थियो । सिंहको हत्याको मुख्य योजनाकार नै उनीकी श्रीमति सहनी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।
 
हत्यामा सलंग्न अन्य पांच जना फरार रहेका छन् । भारतको मोतिहारी जिल्ला, दर्पा थाना-१, सुक्लहिया बस्ने वर्ष २५ को सुजित कुमार सिंह, साेही ठाउँ निवासी वर्ष २४ को चन्चल पाण्डे, वर्ष २२ को मनिष कुमार सहनी, वर्ष २० को कामेश्वर सहनी र वर्ष २० को रञ्जीत मुखिया फरार रहेकाे प्रहरीले जनाएकाे छ ।
 

अजितकी श्रीमति साेनम कै योजनामा सुजित कुमार सिंह समेतको संलग्नतामा उनको हत्या भएको प्रहरीले जनाएको छ । सुजित र आफ्नाे विच अवैध सम्वन्ध रहदै आएको प्रहरी समक्ष सोनमले बताएकी छन् ।

विवाह पछि पनि सोनमसँग रहदै आएको अवैध सम्बन्ध र आर्थिक लेनदेनका कारण सुजितले अजितको हत्या गर्ने योजना बनाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक सुरेश काफ्ले जानकारी दिए । भारत मोतिहारी माइती भएकी सोनम सहनी बाराको सिम्रौनगढमा बस्दै आएकी थिइन् ।

घटना भएको दिन अजितले चलाएको मोटरसाइकलमा सुजित पछाडि बसेर आएका हुन् । लक्ष्मीनियामा आएपछि मोटरसाइकल रोक्न लगाएर सुजितले अजितलाई गोली प्रहार गरेका थिए ।

अर्को मोटरसाइकलमा आएका ३ जना युवकले घटनास्थल रेकी गरेका थिए । करिब ३ वर्षअघि भारतको घोडासनमा मृतक र आरोपित मिलेर सुन लुटपाट गरेका थिए । सुनको ८ लाख नगदबारे उनीहरू बीचमा विवाद भएको अनुसन्धानबाट थाहा भएको छ ।

सुन बेचेर आएको रकम उनीहरुले भारतको छौडादानोमा जग्गा प्लटिङमा लगानी गरेका थिए । छौंडादानोको जग्गाको हिस्साबारे विवाद हुँदा सुजितले मृतक पत्नी सोनमसँग मिलेर हत्या गर्ने योजना बनाएको बाराका एसपी काफ्लेले जानकारी दिए ।

हत्यापछि सुजितले बाराको सिम्रौनगढस्थित डेरामा बस्ने सोनमलाई फोन गरेर काम भएको जानकारी दिँदै कोठाबाट भाग्न भनेका हुन् । मृतक र सुटर एउटै समूहका हुन् । पैसाको विषयमा विवाद भएर समूहमा अजित अगाडी बढ्न खोजेपछि उनको हत्या गरिएको थाहा भएको छ । सो समूहले २०२२ मा भारतको मोतिहारी जिल्ला दार्पा थाना ग्राम पञ्चायत–१४ का उपप्रमुखको हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ ।

सुजितको समूहले बारामा एकबर्ष अघि एकजनाको हत्या गरेको खुलेको छ । २०७९ पुस ८ मा भारतीय नागरिक ४४ वर्षीय शिवपुजन यादवलाई सो समूहले गढीमाई नगरपालिका–२ स्थित भुतही पुलमा हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजस्थित सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्डविपरीत नदी तथा खोलामा सिधै...

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...