Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

श्रीमानको हत्या गराउने योजनाकार श्रीमती सोनम पक्राउ

spot_img
spot_img
वीरगंज । आफ्नै श्रीमानकाे हत्या गराएकाे आराेपमा पक्राउ परेकी भारत मोतिहारी जिल्ला, दर्पा थाना-१, सुक्लहिया बस्ने वर्ष २३ को सोनम सहनी सिंहलाई प्रहरीले सार्वजनिक गरेकाे छ ।
 
असोज ९ गते बाराको पचरौता नगरपालिका–६ स्थित लक्ष्मिनियामा अजित कुमार सिंहको गोली हानेर हत्या गरिएको थियो । सिंहको हत्याको मुख्य योजनाकार नै उनीकी श्रीमति सहनी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।
 
हत्यामा सलंग्न अन्य पांच जना फरार रहेका छन् । भारतको मोतिहारी जिल्ला, दर्पा थाना-१, सुक्लहिया बस्ने वर्ष २५ को सुजित कुमार सिंह, साेही ठाउँ निवासी वर्ष २४ को चन्चल पाण्डे, वर्ष २२ को मनिष कुमार सहनी, वर्ष २० को कामेश्वर सहनी र वर्ष २० को रञ्जीत मुखिया फरार रहेकाे प्रहरीले जनाएकाे छ ।
 

अजितकी श्रीमति साेनम कै योजनामा सुजित कुमार सिंह समेतको संलग्नतामा उनको हत्या भएको प्रहरीले जनाएको छ । सुजित र आफ्नाे विच अवैध सम्वन्ध रहदै आएको प्रहरी समक्ष सोनमले बताएकी छन् ।

विवाह पछि पनि सोनमसँग रहदै आएको अवैध सम्बन्ध र आर्थिक लेनदेनका कारण सुजितले अजितको हत्या गर्ने योजना बनाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक सुरेश काफ्ले जानकारी दिए । भारत मोतिहारी माइती भएकी सोनम सहनी बाराको सिम्रौनगढमा बस्दै आएकी थिइन् ।

घटना भएको दिन अजितले चलाएको मोटरसाइकलमा सुजित पछाडि बसेर आएका हुन् । लक्ष्मीनियामा आएपछि मोटरसाइकल रोक्न लगाएर सुजितले अजितलाई गोली प्रहार गरेका थिए ।

अर्को मोटरसाइकलमा आएका ३ जना युवकले घटनास्थल रेकी गरेका थिए । करिब ३ वर्षअघि भारतको घोडासनमा मृतक र आरोपित मिलेर सुन लुटपाट गरेका थिए । सुनको ८ लाख नगदबारे उनीहरू बीचमा विवाद भएको अनुसन्धानबाट थाहा भएको छ ।

सुन बेचेर आएको रकम उनीहरुले भारतको छौडादानोमा जग्गा प्लटिङमा लगानी गरेका थिए । छौंडादानोको जग्गाको हिस्साबारे विवाद हुँदा सुजितले मृतक पत्नी सोनमसँग मिलेर हत्या गर्ने योजना बनाएको बाराका एसपी काफ्लेले जानकारी दिए ।

हत्यापछि सुजितले बाराको सिम्रौनगढस्थित डेरामा बस्ने सोनमलाई फोन गरेर काम भएको जानकारी दिँदै कोठाबाट भाग्न भनेका हुन् । मृतक र सुटर एउटै समूहका हुन् । पैसाको विषयमा विवाद भएर समूहमा अजित अगाडी बढ्न खोजेपछि उनको हत्या गरिएको थाहा भएको छ । सो समूहले २०२२ मा भारतको मोतिहारी जिल्ला दार्पा थाना ग्राम पञ्चायत–१४ का उपप्रमुखको हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ ।

सुजितको समूहले बारामा एकबर्ष अघि एकजनाको हत्या गरेको खुलेको छ । २०७९ पुस ८ मा भारतीय नागरिक ४४ वर्षीय शिवपुजन यादवलाई सो समूहले गढीमाई नगरपालिका–२ स्थित भुतही पुलमा हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...