Date
शनि, साउन २, २०८३
Sat, July 18, 2026

वीरगंजमा पुन: ‘रात्रि बजार’ लाग्ने

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले ‘रात्रि बजार’ पुनः संचालन गर्ने तयारी गरेको छ । नेपालीहरुको महान पर्व दशैं नजिकिँदै गरेको र मौसमसमेत सुधार भएकाले गएको दुई महिनादेखि रोकिएको ‘रात्रि बजार’ पुनः संचालन गर्ने तयारी गरेको हो । महानगरले यस पटकको ‘रात्रि बजार’ ५ दिन लगाउने गरि तयारी गरिरहेको छ ।
दशैंको पहिलो दिन घटस्थापनाबाट सुरु गर्ने गरि मेला लगाउने तयारी गरिएकाे महानगरपालिकाका मेयर राजेशमान सिंहले जानकारी दिए ।

उनले भने, ‘यही असोज २८ गते घटस्थापनाका दिनबाट पुरानो बसपार्कमा सुरु हुने मेला कात्तिक २ गतेसम्म ५ दिन चल्ने गरि लगाउने तयारी थालेका छौँ ।’

यस्तै महानगरले भारतबाट नेपाल प्रवेश गर्ने वीरगंजस्थित मुख्य नाका ५ दिनका लागि राति १२ बजेसम्म खुल्ला रहने जनाएको छ । रात्रि बजारमा पर्यटक भित्र्याउन वीरगंज नाका रातको १२ बजेसम्म खुल्ला रहने मेयर सिंहले बताए ।

नेपाल–भारत सीमा नाका राति १० देखि बिहान ५ बजेसम्म दुवैतर्फ बन्द हुने गर्दछ । तर बजार लाग्ने ५ दिन नाका अबेर राति १२ बजेसम्म खुल्ला राख्न महानगरले नेपाल र भारत दुवै देशका सीमावर्ती सुरक्षा निकायसँग सहमति लिइसकेको छ ।

महानगरभित्रको व्यापार व्यवसाय चलायमान बनाउन र पर्यटक भित्र्याउन महानगरले गएको बैशाख महिनादेखि रात्रि बजार लगाउन सुरु गरेको हो ।

यस पटकको ‘रात्रि बजार’ दशैंका बेला परेकाले आम सर्वसाधारणलाई सहज हुने गरि सहुलियत दरको पसल समेत संचालन गर्ने तयारी महानगरले गरेको छ । त्यसका लागि घरेलु तथा साना उद्योगसँग सहकार्य गरिएको छ ।

दशैं लक्षित रात्रि बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडा लगायतका सरसामानका स्टल सहित दैनिक उपभोग्य बस्तुहरु समेत राखिनेछ ।

महानगरले ‘रात्री बजार’ सञ्चालनका लागि विभिन्न संघ संस्थासँग समेत सहकार्य गरेको छ । घरेलु तथा साना उद्योग, ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगंज साइकलिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआरसँगको समन्वयमा महानगरले दशैं लक्षित रात्रि बजार लगाउन लागेको हो ।

रात्री बजारमा लगाइने स्टलहरु बुकिङ खुल्ला गरिएको पनि ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए ।

आदर्शनगरस्थित पुरानो बसपार्कमा करिब १ सय स्टल लगाउने गरी तयारी गरिएको हो । प्रति स्टल २ हजार रुपैयाँ शुल्क राखिएको एनवाईईएफ वीरगंजका संस्थापक अध्यक्ष अनुप अग्रवालले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मनसुनजन्य विपद्को पूर्वतयारीमा वीरगंज महानगर, अनुगमन टोली परिचालन गर्ने निर्णय

वीरगंज । मनसुन सक्रिय भएसँगै आउन सक्ने सम्भावित प्राकृतिक विपद् तथा त्यसबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि वीरगंज महानगरपालिकाले पूर्वतयारीलाई तीव्र बनाएको छ ।...

पर्सा जिल्ला अदालतको वार्षिक प्रगति ५७.६८ प्रतिशत, ७ हजारभन्दा बढी मुद्दा फर्छ्योट

वीरगंज । पर्सा जिल्ला अदालतले आर्थिक वर्ष २०८२/८३ मा कुल १२ हजार ३५० मुद्दामध्ये ७ हजार १२४ मुद्दा फर्छ्योट गर्दै ५७.६८ प्रतिशत प्रगति हासिल...

छपकैया तेक्वान्दो डोजाङमा बेल्ट ग्रेडिङ सम्पन्न, १५ खेलाडी स्तरोन्नत

वीरगंज । छपकैया तेक्वान्दो डोजाङमा शनिबार विभिन्न तहका खेलाडीहरूको बेल्ट ग्रेडिङ (स्तरोन्नति) कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १५ जना खेलाडीले विभिन्न तहका बेल्ट...