Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

बलात्कार आराेपमा पटेर्वा सुगाैलीका सुचित पक्राउ

spot_img
spot_img

वीरगंज । सर्लाहीमा २२ वर्षीय दुई जना युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

बलात्कार आराेपमा धनुषा जिल्लाको सहिद नगरपालिका–४ मौरिया टोलका २३ वर्षीय अनिकित कुमार यादव र पर्सा जिल्ला पर्टेवा सुगौली गाउँपालिका–४ का २२ वर्षीय सुचित चौधरीलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

दुबै जना आरोपितहरूलाई शुक्रबार पक्राउ गरी  जिल्ला अदालतबाट एक हप्ताको लागि म्याद थप गराई घटना बारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी नायब उपरिक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।

घटनामा संलग्न अर्का एक जना आरोपित सर्लाही जिल्ला बसबरीया गाउँपालिका–२ मानपुरका २४ वर्षीय रोहन यादव फरार रहेकोले खोज तलास भइरहेको उनले वताए ।

आरोपितहरूले पीडितहरूलाई ०८० भदौ ३१ गते सामूहिक बलात्कार गरेको भन्दै असोज ९ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा उजरी दिएका थिए ।

पीडितहरूको स्वास्थ्य परीक्षण असोज १० गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...