Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

समाजबादी जागरण अभियानलाई युवा संघ पर्साले स्वागत गर्ने

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजवादी) पार्टी निकट युवा संघ नेपाल पर्साकाे बैठक शनिबार सम्पन भएको छ। बैठकले पार्टीकाे मेची महाकाली समाजबादी जागरण अभियानलाई वीरगंजमा स्वागत गर्न निर्णय गर्ने निर्णय गरेकाे छ ।

असोज १४ गते देखि सुरू भएको समाजबादी जागरण अभियान वीरगंजमा यही असोज १८ गते दिउसो मेची महाकाली टोली पुग्ने छ । जसलाई स्वागत र भव्य रूपमा सफल पार्न युवा संघ नेपाल, पर्साकाे बैठकले निर्णय गरेकाे युवा संघ नेपालका पर्सा जिल्ला इन्चार्ज अनिल पटेलले वताए ।

 जून कार्यक्रम सफल पार्न विभिन्न समितिहरु गठन भएकाे उनले वताए । उनका अनुसार जन परिचालन समितिकाे प्रमुख अलि अंसारी र आकाश पटेललाई बैठकले जिम्मेवारी दिएकाे छ ।

यसका साथै पार्टीकाे ब्यानर, टोपि झण्डा आदिको व्यवस्था पार्टीबाट सहयोग लीन बैठकले निर्णय गरेकाे छ । बैठकले यहि कार्तिक मसान्तमा जिल्ला कमिटी पुन: गठन गर्ने समेत निर्णय गरेकाे छ ।

युवा संघ पर्साका अध्यक्ष आकाश पटेलकाे अध्यक्षता र पर्सा इञ्चार्ज अनील पटेलकाे प्रमुख आतिथ्यमा बसेकाे बैठकमा पार्टीका नेता रामेश्वर धानुक, आकाश पटेल, अलि अन्सारी, युवा संघका सन्दिप पटेल, दिपक साह, नरेंद्र पटेल, चन्दन महतो, विक्रम पटेल, कैलाश पासवान, पपु पटेल, रामबाबू महतो, पवन कुमार , बिनोद पटेल ज्वाहिर अन्सारी, सूरज कुशवाहा रामबाबु कुर्मी, लगायतको उपस्थिती रहेको थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...