Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

वीरगंजका महादेव कुर्मी रास्वपा प्रबेश

spot_img
spot_img

वीरगंज । वीरगंज लोकप्रिय युवा नेता महादेव कुर्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेको घोषणा गरेका छन । लामाे समयदेखि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहसंग काम गर्दै आएका उनी आजदेखि रास्वपा प्रबेश गरेकाे जनाएका छन् ।

उनले केहि दिन अगाडी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डिपि आर्यालसंग भेटेको तस्बीर सार्वजनिक गर्दै उक्त पार्टीमा प्रवेश गरेको घोषणा गरेका हुन ।

वीरगंज १४ पिपरा निवासी युवा नेता कुर्मी मधेसी सहिद दिलिप चौरसीयाको घरमा पार्टीका उपाध्यक्ष अर्याल संग भेटघाट गरेको तस्बिर समाजिक संजालमा सार्वजनिक गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश पछि समाजिक संजालमा उनले अब नयाँ सोचले सबैको सल्लाह सुझावले अगाडि बढ्ने बताएका छन ।

साथै कुर्मीले स्वतन्त्र पार्टी संग जुट्ने चाहने साथी दाजुभाइ तथा अग्रजहरुलाई सम्पर्क गर्न पनि आग्रह गरेका छन । उनले अब मिसन २०८४ को लागि हामी आफ्नो लागि,आफ्नो समाजको लागि,देशको लागि र स्वच्छ राजनितिकको लागि सबैलाई जुट्न अपिल पनि गरेका छन ।

उनले गत असोज १० मा जनता समाजबादी पार्टी पुर्ण रुपमा परित्याग गरि स्वतन्त्र भएको घोषणा गरेका थिए । विगतको समयमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह संगै बसेर बर्सौ देखि काम गर्दै आएको र राजनितिक धोका भएपछि अलग भएको बताएका छन् ।

समाजिक संजालमा उन लेखेकाे पोष्ट  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...