Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

लागु औषध गाँजासहित बिन्दवासिनीबाट बहुदरमाईका दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । प्रहरीले पर्साकाे बिन्दबासिनी गाउँपालिका वडा नं.५ प्रसौनीभट्टाबाट लागु औषध गाँजासहित दुई जनलाई पक्राउ गरेकाे छ ।

प्रहरी चौकी प्रसौनीभट्टाबाट खटिएकाे प्रहरी टाेलीले बहुदरमाई नगरपालिकाकाे वडा नं.९ बिश्रामपुर लाेटल राउत कुर्मी र साेही ठाउँ निवासी देवलाल साह कलवारलाई पक्राउ गरेकाे हाे ।

प्रसौनीभट्टा गाँउ नजिक सडकखण्डमा मिति बिहिबार अन्दाजी ०९:२० बजेको समयमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रम्मा संकास्पदरूपमा साईकल चलाई गईरहेको दुबै जनालाई कानूनी रीतपुर्‍याई खानतलासी गर्दा लागु औषध बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

दुबै जनाले लुकाई छिपाई आफ्नो शरिरमा पहेलो रङको टेपले बेरी बाँधेको कालो रङको पोलोथिनको ४ वटा पोकामा १/१ किलो दरले ४ किलो लागू औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले वताए ।

त्यसपछि दुबै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पोखरीया पर्सामा ल्याइ निजहरू विरुद्द लागु औषध सम्बन्धि कसूर मुद्दामा शुक्रबार पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति प्रदान गरी थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता थापाले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...