Date
बुध, भदौ ३, २०८३
Wed, August 19, 2026

वीरगंजलाई हराभरा र सुन्दर बनाउन हातेमालो गरौँ : मेयर सिंह

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगंजलाई हराभरा र सुन्दर बनाउने अभियानमा हातेमालो गर्न आह्वान गरेका छन् । सबैले हेर्न लायक र घुम्न लायक वीरगंज बनाउने अभिभारामा आफु जुटेको बताउँदै उनले महानगर एक्लैको प्रयासले सम्भव नहुने बताए ।

अलाइड युथ सोसाइटीले वीरगंजकाे मधेश विश्वविद्यालय परिसरमा आयोजना गरेको वृक्षरोपण कार्यक्रमका अवसरमा प्रमुख सिंहले वीरगंजका युवाहरु सामाजिक कार्यमा सक्रिय भइरहेको प्रति खुशी व्यक्त गर्दै युवाको सहभागिता बिना समृद्धि सम्भब नहुने धारणा राखे ।

मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्यले युवा नै समृद्धिको आधार भएको बताए । देशका मेरुदण्ड मानिने युवाहरु सामाजिक कार्यमा सरिक भएर सामाजिक सद्भाव र भाइचारा कायम राख्नुपर्ने उनको सुझाव छ ।

समृद्ध नेपाल फाउण्डेशनसँगको सहकार्यमा अलाईड युथ सोसाइटीले मधेश विश्वविद्यालय परिसरमा विरुवा रोपेको हो । सोसाइटीका जनसम्पर्क अधिकृत कृष गुप्ताको संयोजकत्वमा गुलमोहर, निम, सिम्जन, मसाला सहित विभिन्न प्रजातीका फूल गरेर १ सय वटा विरुवा रोपिएको सोसाइटीका अध्यक्ष ओम कुमार झाले जानकारी दिए ।

साे अवसरमा वीरगंज महानगरपालिकाका सरसफाई शाखा प्रमुख सर्फुदिन मियाँ, सशस्त्र प्रहरी नायब उपरीक्षकद्वय देवेन्द्र सिंह, संगम श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडा, युवा अभियानता दिलिपराज कार्की, समाजसेवी महेश सिंह धामी, समृद्धी नेपाल फाउण्डेशनका संस्थापक आयुष गुप्ता लगायतको उपस्थिती रहेको फाउण्डेशनका अध्यक्ष सिद्धार्थ गुप्ताले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...