Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

साहिब बाबाको अवतरण दिवसमा वृक्षारोपण

spot_img
spot_img

वीरगंज । साहिब बाबाको १ सय २३ औँ अवतरण दिवसको अवसरमा वीरगंजमा विरुवा रोपिएको छ । वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पस पछाडी रहेको साहिब दरबारका जग्गामा विरुवा रोपिएको हो ।

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले विरुवा रोप्दै वातावरण संरक्षणसँगै वीरगंजलाई हराभरा बनाउनका लागि सबैले खाली ठाउँमा विरुवा रोप्नुपर्ने बताए । उनले आफ्नै कार्यकालमा महानगरलाई हराभरा र सुन्दर बनाउने प्रतिबद्धता व्यक्त गर्दै महानगरलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्नु पर्नेमा जोड दिए ।

साहिब बाबाको सन्देशलाई आत्मसाथ गर्नुपर्ने र समाजमा शान्त र भाइचारा बढाउनुपर्ने मेयर सिंहको भनाई छ । पछिल्लो समयमा धार्मिक साम्प्रदायिकता भड्काउने र उच्छृंखल गतिविधि बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले धार्मिक सहिष्णुता र सद्भावलाई कायम राख्नुपर्ने आवश्यक्ता औँल्याए ।

सो अवसरमा कटहर, निम्बु, मलेसियन, काउली बदाम, रोयल पाम लगायतका विभिन्न प्रजातीका विरुवा रोपिएको साहिब दरबार संस्थानका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिए । विरुवा रोपेर साहिब बाबाको अवतरण दिवस मनाइएको संस्थानका अध्यक्ष सहनीले बताए ।

जसपाका नेता प्रेमबाबु पटेल, महिला नेतृ रमिता माया गुप्ता, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, प्रेरणा श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...