Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगंजस्थित बाल सुधार गृहबाट दुई बालकैदी फरार

spot_img
spot_img

वीरगंज । बाल सुधार गृह वीरगंजबाट दुई जना बालकैदी फरार भएका छन् । वीरगंज महानगरपालिकाकाे वडा नं. ४ विर्तास्थित रहेकाे बाल सुधार गृहकाे छतमाथिबाट हाम फालेर उनीहरु फरार भएका हुन् ।

शुक्रबार विहान फरार भएका बालकैदीहरुकाे खाेजी कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले वताए । उनले भने, “आज बिहान उनीहरू छतमाथिबाट हाम फालेर फरार भएका हुन् । खोजी कार्य भइरहेको छ ।”

फरार भएका बालकैदीहरू सर्लाही र सिराहा निवासी निवासी रहेका छन् । फरार भएकाहरूमध्ये एक जना कर्तव्य ज्यान र अर्का जबरजस्ती करणी मुद्दामा बाल सुधार गृहमामा राखिएकाे थियाे ।

भदौ २६ गते मात्रै भक्तपुर बाल सुधार गृहबाट वीरगंज बाल सुधार गृहमा ल्याइएका बालकैदी र यहाँ पहिल्यैदेखि बस्दै आएकाहरूबिच झडप भएको थियो । झडप दुई जना प्रहरीसहित १३ जना घाइते समेत भएका थिए ।

झडप पश्चात् भक्तपुरको सुधार गृहबाट ल्याइएका मध्येका १५ जना कैदीहरूलाई हाल जिल्ला प्रहरी कार्यालय पर्साकाे थुनुवा कक्षमा राखिएकाे छ ।

झडप हुनु भन्दा पहिला सुधार गृहमा प्रहरी सहायक निरिक्षककाे नेतृत्व सादा पाेशाकका ७ जना प्रहरीहरु खटाइएकाे थियाे भने हाल ९ जना प्रहरीलाई खटाइएकाे छ ।  

सुधार गृहकाे कमजाेर व्यवस्थापना र भाैतिक संरचना पनि प्रयाप्त नहुँदा बालकैदीहरुलाई भाग्न सहज भएकाे देखिएकाे छ । हाल ६० जना बस्ने क्षमता रहेकाे बाल सुधार गृहमा १२६ जनालाई राखिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा

काठमाडौँ  । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली अर्को इतिहास रच्ने योजनामा छ । मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर कपमा नेपालसामु इतिहास रच्ने मौका...

वित्तीय अनुशासन र कर्मचारी व्यवस्थापन सुधार प्रयासमा मधेस

जनकपुरधाम । मधेस प्रदेश सरकारले पछिल्लो १०० दिनमा वित्तीय अनुशासन, बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन तथा प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेको छ । मधेस प्रदेश सरकारको अर्थ...

कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कर्मचारी सञ्चय कोष...