Date
सोम, असार १५, २०८३
Mon, June 29, 2026

जसपा पर्सामा विवाद : समानान्तर जिल्ला समिति गठन

spot_img
spot_img

वीरगंज । पर्सामा जनता समाजवादी पार्टी (जसपा) नेपालकाे समानान्तर समिति गठन भएकाे छ । वीरगंजस्थित अनमाेल पार्टी प्यालेशमा जसपा सचेतक समेत रहेका पूर्व मन्त्री एवम् सांसद प्रदिप यादवकाे प्रमुख आतिथ्यतामा आयाेजित नेता कार्यकर्ताहरुकाे भेलाले  सिंघासन साह तेलीकाे अध्यक्षतामा जसपाकाे समानान्तर जिल्ला कार्यसमित गठन गरेकाे हाे । तेली, बहुदरमाई नगरपालिकाका मेयर पनि हुन् ।

उक्त जिल्ला कार्यसमितिकाे उपाध्यक्षमा ग्यासुदिन मियाँ, अजय चाैरसिया र मिथिलेश सिंह, सचिवमा उमेशलाल सहनी, सहसचिवमा सुशील साह कानु, सुनिल कुशवाहा र नुर आलम अन्सारी, काेषाध्यक्ष प्रेमकुमारी सिंह, सदस्यमा असलम आलम, अजय सर्राफ, बैजुलाल स्वर्णकार, नेक महम्मद अन्सारी, सुनिता शर्मा, सुरज मानन्धर , खैरुदिन मियाँ र प्रतिमा सिंह रहेका छन् ।

भेलालाई सम्बाेधन गर्दै प्रमुख अतिथी सांसद यादवले रामनरेश यादव अध्यक्ष रहेकाे जिल्ला तदर्थ समितिकाे वैधानिकता सकिएपछि बुधबार नेता कार्यकर्ताकाे भेलाबाट तेलीकाे अध्यक्षतामा जसपाकाे जिल्ला कार्यसमिति पुनर्गठन गरिएकाे बताए ।

उनले भने, यादव अध्यक्ष रहेकाे समिति तदर्थ समिति थियाे, उक्त तदर्थ समितिकाे वैधानिकता बढीमा ६ महिनामात्रै थियाे । तर वर्ष बित्दासमेत तदर्थ समितले न त जिल्ला अधिवेशन गरेर नयाँ जिल्ला समिति गठन गर्न सक्याे न समितिलाई नै पुर्णता दिन सक्याे । त्यसकारण बुधबार जिल्ला कार्यसमिति पुनर्गठन गरिएको हाे । याे नै वैधानिक जिल्ला कार्यसमिति हाे । समानान्तर समिति हाेइन ।

समानान्तर जिल्ला समिति गठनले जसपा पर्सा भित्र दुई गुटबिच लामाे समयदेखि चल्दै आएकाे विवाद छताछुल्ल भएकाे छ । पर्सामा गत निर्वाचनदेखि जिल्ला नेतृत्वको विषयलाई लिएर दुई गुटमा विभाजित नेताहरुबिच चर्काे विवाद चल्दै आएकाेमा थियाे ।

पर्सामा जसपाभित्र जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, पुर्व मुख्यमन्त्री लालबाबु राउत लगायतका नेताहरुकाे एक गुट छ भने अर्काे गुटकाे नेतृत्व सांसद यादवले गरिरहेका छन् । यादवकाे गुटमा जसपाका केन्द्रीय सदस्य समेत रहेका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह र जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफले साथ दिइरहेका छन् ।

बुधबार तेलीकाे अध्यक्षतामा समानान्तर जिल्ला कार्यसमिति गठन भएपछि जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव र सचिव तबरेज अहमदले भने बुधबार नै अपरान्ह एक विज्ञप्ति जारी गरेर तेलीकाे अध्यक्षतामा गठित समिति अवैधानिक रहेकाे बताएका छन् ।

अध्यक्ष यादव र सचिव अहमदद्वारा संयुक्त रुपमा जारि गरिएकाे विज्ञप्तिमा पार्टी संगठन भताभुङ्ग पार्ने, अराजक प्रवृति र व्याक्तिवादी चिन्तन भएका, पटक पटक पार्टीकाे नीतिनियम विरुद्धको कार्य गर्दै आएका व्याक्तिहरुकाे साेचमा परिवर्तन नदेखिनु पार्टीको लागि आत्मघाती भएकाे टिप्पणी गरिएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

लायन्स क्लब अफ वीरगंजको नेतृत्व दिगम्बर थापालाई, पद हस्तान्तरण सम्पन्न

वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज परिवारको लायन वर्ष (LY) २०२५–२६ को पद हस्तान्तरण तथा लायन वर्ष २०२६–२७ को पदभार ग्रहण कार्यक्रम आइतबार वीरगञ्जस्थित...

मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा ‘जबज’को सान्दर्भिकतामाथि विमर्श

वीरगञ्ज । नेकपा एमालेका नेता तथा पूर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले वर्तमान राजनीतिक परिवेशमा जनताको बहुदलीय जनवाद (जबज) को सान्दर्भिकता झन् बढ्दै गएको बताएका छन्। मदन...

सशस्त्र प्रहरीको सक्रियता : पर्सामा २३ लाखका तस्करीका सामान नियन्त्रणमा

वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले विभिन्न सीमा क्षेत्रबाट भन्सार छली गरी ल्याइएका तथा लैजाँदै गरिएका करिब २३ लाख...