Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

वीरगंजकाे खेतमा लागु औषध बरामद

spot_img
spot_img

वीरगंज । खेतमा बेवारिसे अवस्थामा छाडिएको लागु औषध प्रहरीले बरामद गरेको छ । वीरगंज महानगरपालिकाकाे वडा नं–२२ मनियारीस्थित देवेन्द्र यादवको खेतबाट प्रहरीले भारी मात्रामा लागु औषध बरामद गरको हो ।

लागु औाषध पहेलो रंगको दुईवटा बोराभित्र लुकाईछिपाई राखिएको अवस्थामा थियो । बरामद लागु औषधमा डाईजिपाम दुई हजार ३ सय ३५ एम्पुल, नुर्फिन तीन हजार १ सय ६९ र फेनारगन तीन हजार ४ सय ११ एम्पुल गरी जम्मा ८ हजार ९ सय १५ एम्पुल फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

खेतमा रहेकाे लागु औषध बारे स्थानीयले प्रहरीलाई सुचना दिएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक धर्मजंग थिङको कमाण्डमा प्रहरी टाेली पुगेकाे थियाे । बरामद लागु औषध विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न रास्वपा नेता चौरसियाको आग्रह

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता योगेन्द्र चौरसियाले मधेशमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई शान्ति, सद्भाव र...

दोषीमाथि कडा कारबाही हुन्छ, अफवाह नफैलाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत विभिन्न स्थानमा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै देशका केही जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई लिएर नेपाल...

पर्सावासीलाई प्रशासनको अपिल : निषेधाज्ञाको पूर्ण पालना गर्न र अफवाह नफैलाउन आग्रह

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुरक्षा, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सम्पूर्ण पर्सावासीलाई निषेधाज्ञाको पूर्ण पालना गर्न तथा अफवाह...