Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

वीरगंजकाे खेतमा लागु औषध बरामद

spot_img
spot_img

वीरगंज । खेतमा बेवारिसे अवस्थामा छाडिएको लागु औषध प्रहरीले बरामद गरेको छ । वीरगंज महानगरपालिकाकाे वडा नं–२२ मनियारीस्थित देवेन्द्र यादवको खेतबाट प्रहरीले भारी मात्रामा लागु औषध बरामद गरको हो ।

लागु औाषध पहेलो रंगको दुईवटा बोराभित्र लुकाईछिपाई राखिएको अवस्थामा थियो । बरामद लागु औषधमा डाईजिपाम दुई हजार ३ सय ३५ एम्पुल, नुर्फिन तीन हजार १ सय ६९ र फेनारगन तीन हजार ४ सय ११ एम्पुल गरी जम्मा ८ हजार ९ सय १५ एम्पुल फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

खेतमा रहेकाे लागु औषध बारे स्थानीयले प्रहरीलाई सुचना दिएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक धर्मजंग थिङको कमाण्डमा प्रहरी टाेली पुगेकाे थियाे । बरामद लागु औषध विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...

वीरगञ्ज सुक्खा बन्दरगाह र आईसीपीको पूर्वाधार विकास समितिद्वारा अनुगमन

वीरगञ्ज । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र एकीकृत...