Date
बिहि, साउन १४, २०८३
Thu, July 30, 2026

बारामा बोल्न नसक्ने बालिका बलत्कृत, एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले बोल्न नसक्ने बालिकालाई जबरजस्ती करणी गरेको आराेपमा एक जनालाई पक्राउ गरेकाे छ ।

ईलाका प्रहरी कार्यालय निजगढ, बाराबाट खटिएकाे प्रहरी टोलीले निजगढ नगरपालिकाकाे वडा नं. १२ निवासी ६० बर्षिय राना साईला भन्ने सोम बहादुर लुम्बालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले वताए ।

असाेज ५ गते शुक्रबार अन्दाजी ४ बजेको समयमा निजगढ नगरपालिकाका कै वडा नं. १२ स्थित अन्दाजी ११ बर्षिय बोल्न नसक्ने (फरक क्षमता भएकी) बालिकालाई जबरजस्ती करणी भएकाे खबर प्रहरीलाई प्राप्त भएकाे थियाे ।

जबरजस्ती करणीकाे खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय निजगढबाट पुगेकाे प्रहरीले टाेलीले तत्कालै निज पीडितलाई उपचारको लागि कलैया प्रादेशिक अस्पतालमा पठाईएकाे थियाे ।

त्यसपश्चात घटनाको अनुसन्धानको क्रममा आराेपित लुम्बालाई खोजतलास गरी साेही दिन राति ११ बजे फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको सुचना अधिकारी न्याैपानेद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनप्रतिनिधि संवादमा नआएपछि जिराभवानी गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताल्चा

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीको कार्यकक्षमा स्थानीय युवा तथा सर्वसाधारणले ताल्चा लगाएका छन् । गाउँपालिकाभित्रका विभिन्न जनसरोकारका विषयमा खुला संवादका लागि...

बहुमतको दम्भले सरकार अराजक बन्दैछ, सचेत नभए देश दुर्घटनामा जान्छ : रमेश रिजाल

वीरगंज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश रिजालले वर्तमान सरकार बहुमतको दम्भमा अहंकारी र अराजक बन्दै गएको आरोप लगाएका छन् । उनले...

नारायणी अस्पताल पक्ररण : सरकार–चिकित्सक संघबीच पाँचबुँदे सहमति, आन्दोलन स्थगित

वीरगंज । नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवाद र त्यसपछि चिकित्सकमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटनापछि जारी आन्दोलन अन्त्य गर्न...