Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

महानगरकाे गाउँगाउँमा पुगेर गुनासो सुन्दै मेयर सिंह

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गाउँगाउँ पुगेर स्थानीयसँग भेट गर्नुका साथै उनीहरुको गुनासो तत्काल सम्बोधन हुने गरि अभियान सुरु गरेका छन् ।

उनले हरेक दिन एक टोलमा पुगेर त्यहाँको समस्या सुन्नुका साथै गर्नु पर्ने कामका बारेमा स्थानीयसँग सुझाव लिने काम गरेका हुन् ।

वीरगंजको विकास हुने गरि स्थानीयकै माग अनुसार विकास निर्माण तथा स्वास्थ्य शिक्षा जस्ता विषयमा रणनीति बनाउनुका साथै सल्लाह सुझाव अनुसार काम गर्न आफू गाउँगाउँ आउन सुरु गरेको मेयर सिंहले बताए ।

शुक्रबार वडा नं. २९ मुसैलीमा स्थानीयसँग भेट गर्दै त्यहाँको समस्या सुन्नुका साथै स्थलगत रुपमा नै गाउँको अवलोकन गरि तत्काल स्थानीयको माग अनुसारको काम सुरु गर्न प्राविधिक टोलीलाई निर्देशन दिए ।

महानगरभित्रको ग्रामिण क्षेत्रको विकास आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै उनले त्यसका लागि बजेट छुट्याएर काम अघि बढाएको बताए ।

स्थानीयले मुसैली चोकदेखि उत्तर पूर्व सडकमा नाला निर्माण गर्न, सडक निर्माण गर्न, मन्दिर तथा स्वास्थ्य संस्थाको सेवा चुस्त पार्न आग्रह गरेका थिए ।

वडा नं. २९ का वडा अध्यक्ष धर्मेन्द्र चौधरीले आफू वडाको विकासका लागि स्थानीयको राय बमोजिम अघि बढेको भन्दै त्यसका लागि मेयरलाई आफूले झकझकाउन नछाड्ने बताए ।

कार्यक्रममा महानगरका योजना प्रमुख इन्जिनियर अवधेस कुशवाहा, प्राविधिक सल्लाहकार प्रकाश आमात्य, स्थानीय बासिन्दा तथा बुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा

चितवन । चितवनका ग्यास व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन् । चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका उद्योगले राजधानीमा एलपी ग्यास...

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...