Date
शनि, साउन २, २०८३
Sat, July 18, 2026

एनवाइईएफ वीरगंज र जनकपुर च्याप्टरद्वारा संयुक्त रूपमा औद्योगिक भ्रमण

spot_img
spot_img

वीरगंज । युवा उद्यमीहरूबिच व्यावसायिक र व्यक्तिगत सम्बन्ध विस्तारका लागि नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) वीरगंज र जनकपुर च्याप्टरले संयुक्त रूपमा औद्योगिक भ्रमण आयोजना गरेका छन् ।

दुई वटा च्याप्टरका युवा ४० जना उद्यमीले वीरगंजका पतञ्जलि आयुर्वेद प्रा.लि. र मारुती पेपरको भ्रमण गरेका हुन् । एनवाइईएफ वीरगंजका अध्यक्ष सन्दीप अग्रवालको अध्यक्षतामा स्वागत कार्यक्रमको आयोजना भएको थियो ।

कार्यक्रममा जनकपुरका उद्यमीहरूको स्वागत गर्दै अध्यक्ष अग्रवालले उद्यमबारे नयाँ विषयवस्तुको जानकारी र वीरगंज र जनकपुर क्षेत्रमा युवा उद्यमीबिच व्यक्तिगत सुसम्बन्ध विस्तारमा भ्रमण आयोजना गरिएको बताए ।

त्यस्तै एनवाइईएफ जनकपुरका अध्यक्ष सोनु कुमारले भ्रमणबाट उद्यमका आएका नयाँ विषयको जानकारीसँगै व्यक्तिगत सम्बन्ध प्रगाढ भएको बताए ।

औद्योगिक भ्रमणका क्रममा पतञ्जलि आयुर्वेदका व्यवस्थापक युवराज सुवेदीले नेपालमा जडीबुटीको पर्याप्त उपलब्धता रहेको भन्दै त्यसको अपेक्षित उपयोग हुन नसकेको बताए । पतञ्जलिले सकभर स्थानीय स्रोतसाधनको उपयोग गर्दै उत्पादन बजारमा ल्याएको जानकारी दिए । उनले पतञ्जलिले आयुर्वेद औषधि उत्पादन गर्ने योजना बनाएको पनि बताए ।

युवा उद्यमीहरूले नेपालकै ठूलो मारुती पेपरको भ्रमण गरे । भ्रमणका क्रममा उद्योगका प्रबन्ध निर्देशक दीपेश अग्रवालले मारुती पेपर नेपालकै सबैभन्दा ठूलो पेपर उद्योग भएको जानकारी दिए । उद्योगले खेर गइरहेका पुराना कार्टुन प्रोसेसिङ गरेर क्राफ्ट पेपर उत्पादन गर्दै आएको उनले बताए । उद्योग सञ्चालनमा आएपछि अहिले यस्तो पेपरको आयात प्रतिस्थापन भएको उनको दाबी थियो ।

मारुती ग्रुपद्वारा सञ्चालित उद्योगले क्राफ्ट पेपर उत्पादन गर्नुका साथै स्वचालित प्रविधिबाट विभिन्न आकारका कार्टुन उत्पादन गर्दै आएको जानकारी प्रबन्ध निर्देशक अग्रवालले दिए ।

उद्योग भ्रमणअघि आयोजित औपचारिक कार्यक्रममा आर्थिक अभियान दैनिकका पत्रकार ओमप्रकाश खनालले युवा उद्यमीहरू नवप्रवर्तनको अवधारणाबाट उद्यममा अघि बढ्नुपर्ने बताए । कुनै पनि उद्यमका हात हाल्नुअघि त्यस्तो उद्यमको समस्या, चुनौती र त्यसको समाधानका उपायबारे राम्ररी जानकार भएर मात्रै सहभागी हुन सुझाव दिए । अध्ययनविना अघि बढ्दा कयौँ उद्योगको लगानी सङ्कटमा परेको उदाहरण उनले दिए ।

एनवाइईएफ वीरगंजका निवर्तमान अध्यक्ष राकेश साहले उद्यमीहरूले व्यावसायिक सम्बन्धलाई विस्तार गर्दै जानुपर्ने धारणा व्यक्त गरे भने पूर्व अध्यक्ष अनुप अग्रवालले युवाहरू आर्थिक रूपान्तरणका संवाहक भएको बताए । उनले आर्थिक र सामाजिक विकासको नेतृत्वमा युवाहरूको सहभागिताबाट मात्रै लक्ष्यमा राखिएको समृद्धि हात लाग्न सक्ने बताए ।

कार्यक्रममा एनवाइईएफ वीरगंजका सल्लाहकार राहुल अग्रवालले कुनै पनि उद्यम र उद्यमीको सफलताको लागि व्यावसायिक सम्बन्ध महत्त्वपूर्ण हुने बताए । कार्यक्रमको सहजीकरण एनवाइईएफ सदस्य एवम् यात्रा डेली डटकमका सञ्चालक आशुकुमार सर्राफले गरेका थिए ।

औद्योगिक भ्रमणको संयोजन मोहित गुप्ता र राहुल अग्रवालले गरेका थिए । औद्योगिक भ्रमणपछि सहभागीहरूबिच विभिन्न मनोरञ्जनात्मक खेलहरू खेलाइएको थियो । सो सेसनको सञ्चालन पङ्कज अग्रवाल र विपिन बावरीले गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

गहवामाई तीर्थ क्षेत्र विकास समितिद्वारा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग

वीरगंज । श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत मानवसेवा आश्रमलाई विभिन्न खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग प्रदान गरेको छ । समितिका...

तीन दिनपछि छपकैया ३३ केभी केबलको खराबी पत्ता, वीरगंजकाे विद्युत सेवा सहज बन्दै

वीरगंज । वीरगंजकाे विद्युत आपूर्तिको प्रमुख विकल्पका रूपमा रहेको छपकैया ३३ केभी अन्डरग्राउन्ड केबलमा आएको प्राविधिक खराबी (फल्ट) तीन दिन र तीन रातको निरन्तर...

जनप्रतिनिधिको नेतृत्वमा कर्मचारीमाथि कुटपिट निन्दनीय, कारबाहीको माग

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकामा कर्मचारीमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न स्थानीय राजेश प्रसाद कुर्मीले माग गरेका...