Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

हिंसात्मक घटनाकाे विराेधमा वीरगंज बन्द, विराेध प्रदर्शन

spot_img
spot_img

वीरगंज । सर्लाहीकाे सदरमुकाम मलंगवामा भएकाे घटनाकाे विराेधमा शनिबार वीरगंज बजार बन्द भएकाे छ । दोषीमाथि कारबाही माग गर्दै हिन्दु समाजले वीरगंज बजार बन्द गराएका हुन् ।  

बजार बन्द हुँदा साइकल/मोटरसाइकल बाहेकका सवारीसाधन पनि ठप्प रह्याे । हिंसात्मक घटनाकाे विराेधमा समर्थन स्वरुप बजार बन्द गरिएको वीरगंज हिन्दू समाजले जनाएको छ ।

बन्दकाे कार्यक्रम सफल बनाउन समाजका युवाहरुले वीरगंजमा प्रदर्शन समेत गरेका थिए । प्रदर्शनकारीहरुले वीरगंजकाे घण्टाघर चोकमा टायर बालेर प्रदर्शन गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप समेत भएकाे थियाे ।

उनीहरुले टायर बालेर प्रदर्शन गर्न थालेपछि स्थिती नियन्त्रणमा लिने क्रममा प्रहरी बल प्रयाेग गुर्न खाेजेपछि विवाद भएको थियाे । भिडलाई तितरबितर पार्ने क्रममा प्रहरीले लाठीचार्ज समेत गरेको थियाे । त्यसकाे केही समयपछि स्थिती नियन्त्रणमा आएकाे थियाे । 

त्यसअघि वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसबाट निकालिएको शान्तिपूर्ण जुलुस नगर परिक्रममा गरेको थियो । प्रदर्शनकारीहरुले वीरगंजकाे मुख्यसडकमा रहेका पसलदेखि लिएर गल्लीमा रहेका साना पसलहरु समेत बन्द गराएका थिए ।

उनीहरुले मुख्यमंत्री राजीनामा दे, हिन्दू राष्ट्र कायम गर, मलंगवामा मुस्लिम समुदायद्वारा गरिएको हिंसात्मक घटनाको दोषीलाई कारबाही गर, जय श्रीराम लगायतका नारा समेत लगाएका थिए ।

बिहीबार साँझ सर्लाहीकाे मलंगवामा गणेशको मूर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदाबीच झडप भएको थियो । जसमा स्थानीय रुपेश यादवमाथि छुरा प्रहार भएको थियाे । छुरा प्रहारले घाइते रुपेशकाे अवस्था गम्भीर रहेकाे छ ।

शुक्रबार सांझ पनि हिन्दु समाजका युवाहरुले वीरगंजमा प्रदर्शन गरेका थिए । उनीहरुले प्रदर्शनका क्रममा शनिबारकाे बन्द सफल बनाउन व्यापारीहरुमा आग्रम समेत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...