Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

लागु औषधसहित ३ नावालक पक्राउ

spot_img
spot_img

वीरगंज । प्रतिबन्धित लागु औषध ३३७ पिस नाईट्राभेट ट्याब्लेट सहित तिन जना नावालकहरू पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ७ निवासी १६ बर्षिय नावालक, जिल्ला सिन्धुली सुनकोशी गाउँपालिका वडा नं. २ निवासी १७ बर्षिय नावालक र जिल्ला बारा प्रसौनी गाउँपालिका वडा नं. ३ निवासी १७ बर्षिय नावालकलाई पक्राउ गरेकाे हाे ।

वीरगंज महानगरपालिकाकाे वडा नं. १५ ब्रहमचोक स्थित सडकखण्डबाट भदाै ३० गते शनिबार अपरान्ह ४:३० बजेको समयमा लागु औषध नाइट्राभेट ट्याब्लेटसहित  तीनै जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

प्रहरी टोलीले साे स्थानमा संकास्पदरूपमा धुम्रपान चुरोट सेवन गरिरहेको अवस्थामा तीनै जना नावालकहरुलाई कानूनी रीतपुर्‍याई खानतलासी गर्दा सिन्धुली निवासी १७ वर्षीय नावलले भिरेको झोलाबाट प्रतिबन्धित लागु औषध नाईट्राभेट १४ पत्तामा ३ सय ३७ पिस ट्याब्लेट फेला परेको प्रवक्ता थापाले वताए ।

त्यस पश्चात तिनै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याइ निजहरू विरुद्द लागु औषध सम्बन्धि कसूर मुद्दामा आइतबार पर्सा जिल्ला अदालतबाट ५  दिन म्याद थप अनुमति प्रदान गरी थप अनुसन्धान कार्य भैरहेको उनले जताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा

चितवन । चितवनका ग्यास व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन् । चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका उद्योगले राजधानीमा एलपी ग्यास...

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...