Date
बुध, असार १७, २०८३
Wed, July 1, 2026

पपुलर मोडल अवार्डबाट सजना खतिवडा सम्मानित

spot_img
spot_img

वीरगंज । नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्डको दोस्रो संस्करण थाइल्याण्डको बैंककमा सम्पन्न भएको छ । बैंकक सहरको आइबिस होटलको प्रेक्षालयमा सम्पन्न हिमालयन मुभिज, काठमाडौंद्वारा आयोजित सो कार्यक्रममा नेपाल तथा थाइल्याण्ड एवं म्यानमारका बिविध करिब दुई दर्जन व्यक्तित्वहरुलाई अवार्ड प्रदान गरिएको थियो।

कार्यक्रममा बिजेताहरूको रुपमा पपुलर मोडल (महिला) तर्फ सजना खतिवडा, पपुलर मोर्डन मेकअप आर्टिस्टको रूपमा लक्ष्मी भुषाल, पपुलर इभेन्ट मेकअप आर्टिस्टको रुपमा अनिता घिमीरे, पपुलर फेसन मेकअप आर्टिस्ट चन्द्रकला तामाङ, पपुलर मोडल (पुरुष) तर्फ ईश्वरबल्लभ उप्रेती अर्वाड पाएका हुन् ।

यसैगरी भर्खरै सम्पन्न रियालिटी सो मेरो डान्स युनिभर्सकी विजेता खुशी कार्कीलाई आइकोनिक डान्सीङ स्टारको अर्वाड प्रधान गरिएको थियो । एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतलाई बेस्ट सोसियल वेलफेयर एक्टिभिस्ट र त्यस्तै गरी पूर्व थाइ नेपाली संघका अध्यक्ष ब्यवसायी एवं समाजसेवी कुमार कार्कीलाई बेस्ट नेप्लीज सोसियल क्याम्पेनरको अवार्ड प्रधान गरिएको थियो । 

गैर आवासिय नेपाली संघ, थाइ नेपाली संघका साथै नेपालबाट उपस्थित मोडल, कलाकार, सौन्दर्यकर्मी, समाजसेवी तथा फेसन क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा भब्य रूपमा कार्यक्रम सम्पन भएको आयोजकले जनाएको छ ।

सुरेन्द्र भट्टराईको संयोजन रहेको सो कार्यक्रम इभेन्ट म्यानेजर कोमलनाथ खतिवडाले सन्चालन गरेका थिए ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा रहेका फेसन तथा मनोरन्जन क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान प्रदान गर्ने हेतुले कार्यक्रमलाई विश्वव्यापी रूपमा क्रमशः अगाडी बढाउने उद्देश्यले आयोजना गरिएको हिमालयन मुभिजकी अध्यक्ष हिमानी सुब्बाले बताइन ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मिनिल्याण्ड स्कुलमा इन्टरएक्ट क्लब गठन, अनुकम्पा गुप्ता चार्टर अध्यक्ष

वीरगंज । रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसको प्रायोजनमा मिनिल्याण्ड स्कुलमा इन्टरएक्ट क्लबको औपचारिक चार्टर (स्थापना) समारोह सम्पन्न भएको छ। विद्यालयमा पहिलोपटक गठन गरिएको क्लबले...

पर्सामा च्यातिएका र फोहोर राष्ट्रिय झण्डा तत्काल फेर्न प्रशासनको निर्देशन

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाभित्रका सार्वजनिक स्थानमा राखिएका नेपालको राष्ट्रिय झण्डाको संरक्षण, मर्मत तथा नियमित फेरबदल गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको...

पर्साको सीमाक्षेत्रबाट ११ किलो गाँजासहित एक जना पक्राउ

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिका–४ अमरपट्टीस्थित सीमाक्षेत्रबाट सशस्त्र प्रहरी बलले ११ किलोग्राम गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान करिब...