Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

जिल्ला स्तरिय भलिबल खेलाडी छनाैट प्रतियाेगिता सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ महुवनमा शनिबार जिल्ला स्तरिय अन्डर १३, १५ र १९ का भलिबल खेलाडी छनाैट प्रतियाेगिता सम्पन्न भएकाे छ ।

श्री ने.रा.मा.वि. महुवनकाे प्राङ्गणमा भएकाे प्रतियाेगितामा अगामी असाेज १३ गतेदेखि काठमाडाैंमा हुन गइरहेकाे बृहत राष्ट्रिय खेलकुद प्रतियाेगितामा पर्सा जिल्लाबाट सहभागि हुने ९ जना खेलाडी र ३ जना वैकल्पिक खेलाडी गरि १२ जनाकाे छनाैट भएकाे पारसनाथ खेलकुद विकास समितिका अध्यक्ष वेदप्रकाश राैनियारले जानकारी दिए ।

प्रदेश सभा सदस्य प्रमाेद जयसवाल, पारसनाथ खेलकुद विकास समिति महुवनकाे सहयाेग र जिल्ला भलिभल संघ पर्साकाे आयाेजनामा भएकाे खेलाडी छनाैट प्रतियाेगितामा जिल्ला भरिका पालिकाहरुबाट २५५ जना पुरुष भलिवल खेलाडीहरुकाे सहभागिता रहेकाे थियाे ।

सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष अशेश्वर प्रसाद यादवकाे अध्यक्षता र प्रदेश सभा सदस्य प्रमाेद जयसवालकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा नेपाल भलिवल संघका केन्द्रिय सचिव एवम् जिल्ला भलिवल संघ पर्साका अध्यक्ष महमद फिराेज, सखुवा प्रसाैनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ट, पर्सा जिल्ला एथलेटिक्स प्रशिक्षक बिशेश्वर पटेल, सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष मुना प्रसाद कम्कर लगायतकाे सहभागिता रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...