Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

विश्वकर्मा पुजा नजिकिँदै गर्दा कालिगढहरुलाई मुर्ती बनाउन भ्याई नभ्याई

spot_img
spot_img

मुस्कान श्रेष्ठ /
वीरगंज । विश्वकर्मा पुजा नजिकीदै गर्दा पर्सामा यतीबेला कालिगढहरुलाई मुर्ती बनाउन भ्याई नभ्याई भएको छ । जिल्लाका विभिन्न स्थानहरुमा मुर्तीलाई अन्तिम रुप दिन मुर्तीकारहरु रंगरोवनमा व्यस्त भएका छन् ।

हिन्दुहरुको महान चाडपर्व सुरु भएसंगै पर्सामा विभिन्न ठाउँबाट आएका मुर्तीकारहरु मुर्ती बनाउन व्यस्त भएका छन् । कलकारखानाको पार्टपूर्जाको तथा यन्त्रको देउताको रुपमा पूजिने विश्वकर्मा बाबाको पूजाका लागि मुर्तीकारहरुलाई भ्याई नभ्याई भएको छ ।

यतीबेला मुर्ती निर्माण कार्य अन्तिम चरण पुगेकोले मुर्तीलाई आर्कषक बनाउन उनीहरु सजावट तथा रंगरोगन कार्यमा जुटेका छन् ।

प्रत्येक वर्ष बारा, पर्सा, रौतहट लगायत समग्र तराई मधेशमा चाडपर्वको अवसरमा मुर्तीको आवश्यकता पर्दछ । खासगरी सरस्वती पूजा, कृष्ण अष्टमी, विश्वकर्मा पूजा, दुर्गा पूजालगायतका विभिन्न पर्व तथा पूजाहरुमा चोक चोक र टोल टोलमा माटोको मुर्ति राखेर भव्य रुपमा मनाउने चलन छ ।

मुर्तीको माग पुर्ती गर्नका निम्ति पर्वको ढेड महिना अगावै भारतको विभिन्न सहरहरुबाट कालिगढहरु आएर मुर्ती बनाउन थाल्छन् ।

यद्यपि, विगत वर्षहरुमा जस्तो पछिल्लो समय मुर्तीको व्यापार खासै नरहेको काालिगढहरु बताउछन् । कोरोना, त्यसपछिको लकडाउनले खस्कदै गएको उद्योग व्यापारका कारण आफूहरुले मुर्तीमा गरेको लगानी जतिको पनि आम्दानी गर्न नसकेको उनीहरु बताउछन् ।

विगतमा एउटा मुर्ती ५ देखि १० हजार सम्म बेचेर ५० हजार देखि १ लाख सम्मको आम्दानी गरेकोमा अहिले रेट घटाएर मुर्ती बेच्नु परेको उनीहरुको गुनासो छ ।

यस्तै, विगत जस्तो मुर्तीको मागमा पनि कमी आएको छ । मुर्ती बनाउन खर्च मात्र नभइ श्रम पनि बढी नै लाग्छ तर शारिरीक श्रम र खर्च जतिको पनि आम्दानी नभएको हुँदा धेरैजसो मुर्ती वयापारहरु यस पेशाबाट पलायन भएको अवस्था छ ।

मुर्ती निर्माणमा आवश्यक पर्ने कच्चा पर्दाथ जस्तै माटो, पराल, बासँ, रंगदेखि श्रींगारका समानलगायत सबै महंगोमा खरिद गर्नुपरेको मुर्तीकारहरुको भनाई छ । मुर्ती बेचेरैं जिविकोपार्जन गर्न कठिनाई रहेको भारतिय कालिगढ बताउछन् ।

यता, उद्योग कलकारखानाको महत्वपुणर् पूजाको रुपमा रहेको विश्वकर्मा पूजा कोरोना र रुस-युक्रेन युद्धको कारण उद्योग व्यापार व्यवसायहरुले पनि आसै आम्दानी गर्न सकेको छैन । जसकारण विगत जस्तो चन्दा संकलन गरेर मुर्ती खरिद गरी भव्यताका साथ पूजाको समारोहको आयेजना गर्नेमा कमी आएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न रास्वपा नेता चौरसियाको आग्रह

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता योगेन्द्र चौरसियाले मधेशमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई शान्ति, सद्भाव र...

दोषीमाथि कडा कारबाही हुन्छ, अफवाह नफैलाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत विभिन्न स्थानमा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै देशका केही जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई लिएर नेपाल...

पर्सावासीलाई प्रशासनको अपिल : निषेधाज्ञाको पूर्ण पालना गर्न र अफवाह नफैलाउन आग्रह

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुरक्षा, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सम्पूर्ण पर्सावासीलाई निषेधाज्ञाको पूर्ण पालना गर्न तथा अफवाह...