Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

पर्साकाे विभिन्न पालिकामा जलाईयाे शिक्षा सम्बन्धि विधेयक

spot_img
spot_img

वीरगंज । पर्साको विभिन्न पालिकाहरुमा शिक्षक महासंघले बुधवार संसदमा टेबल भएको विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को प्रतिलिपि जलाएकाे छ ।  

वीरगंज महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरुले शुक्रबा वीरगंजकाे घण्टाघर चोकमा विरोध प्रदर्शन गर्दै विधेयकको प्रतिलिपि जलाएका हुन् ।

घण्टाघर चोकमा भेला भएका शिक्षकहरूले ‘शिक्षा विधेयक खारेज गर’, ‘प्रचण्ड सरकार मुर्दावाद’, ‘शिक्षामन्त्री मुर्दावाद’ लगायतका नारा लगाउँदै विधेयक जलाएको शिक्षक महासंघ पर्साका सचिव विनाेद गिरीले बताए ।

त्यस्तै जिल्लाको दोस्रो सदरमुकाम भनिने पोखरियामा पनि शिक्षकहरूले शुक्रबार शिक्षा सम्बन्धी विधेयकको प्रतिलिपि जलाएका हुन् । नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरूले पोखरियामा विरोध जुलुस निकालेर प्रदर्शन गर्दै विधेयक जलाएका थिए ।

पोखरिया नगरपालिका – ४ पोखरिया बजारस्थित जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राविधिक नमुना विद्यालय परिसरमा भेला भई विरोध जुलुस निकाल्दै शिक्षकहरूले बजार परिक्रममा समेत गरेका थिए ।

यसै गरी छिपहरमाई गाउँपालिका, कालिकामाई गाउँपालिका, धाेबिनी गाउँपालिका, पकहाँ मैनपुर गाउँपालिकामा लगायकाे पालिकाहरुले शिक्षकहरूले विधेयकको प्रतिलिपि जलाएका हुन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...