Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

डेंगीलाई फैलन नदिन महानगरको ‘खोज र नष्ट गर’ अभियान

spot_img
spot_img

वीरगंज । वीरगंज र आसपासका क्षेत्रमा डेंगीको संक्रमण फैलन थालेपछि महानगरपालिकाले डेंगु संक्रमण फैलाउने लामुखुट्टेको वासस्थान पत्ता लगाएर लार्भा ‘खोज र नष्ट गर’ अभियन नै चलाइरहेको छ ।

पछिल्लो केही दिन यता यहाँका अस्पतालहरुमा डेंगीका विरामीको संख्या बढ्दै गएपछि महानगरले विशेष अभियान नै चलाएको हो ।

शुक्रबार पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बैठक बसेर डेंगी संक्रमण नियन्त्रणका लागि वडा स्तरीय सचेतना कार्यक्रम संचालन गर्नुका साथै ‘खोज र नष्ट गर’ अभियानलाई निरन्तरता र डेंगी जाँच किटको व्यवस्था गर्ने बारे छलफल भएको छ ।

प्रमुख जिल्ला अधिकारी रेग्मीले डेंगी संक्रमण नियन्त्रणका लागि महानगरले थालेको कदम सह्रानीय रहेको भन्दै यसमा सबै तह र तप्काको साथ रहनु पर्नेमा जोड दिए ।

‘डेंगी समस्याको रुपमा फैलन नदिन पहिल्यै चनाखो भएर सबैले हातेमालो गरेर आवश्यक सतर्कता अपनाऔँ,’ उनले भने, ‘बेलैमा संक्रमण नियन्त्रणमा ल्याउन नसकिए भयावह स्थिति सिर्जना गर्नेछ ।’

प्रमुख जिल्ला अधिकारी रेग्मीले आफू मातहतका सबै कार्यालयलाई डेंगी संक्रमण नियन्त्रणमा हातेमालो गर्न निर्देशन दिँदै टोलटोलबाटै संक्रमण नियन्त्रणका लागि सबै जाग्नु पर्ने बताए ।

महानगरको स्वास्थ्य, सरसफाई शाखा र नगर प्रहरी समेतको टोली हरेक दिन वीरगंज विभिन्न स्थानमा पुगेर लामखुट्टेको वासस्थानको खोज्दै लार्भा नस्ट गर्दै आइरहेको छ ।

शुक्रबारको बैठकमा महानगरका स्वास्थ्य शाखा प्रमुख अनिल यादवले डेंगु संक्रमणको अहिलेसम्मको अवस्था र यसको नियन्त्रणमा महानगरले गरिरहेको अभियानका बारेमा जानकारी गराए ।

महानगरको सभाहलमा बसेको बैठकमा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह, शसस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्य, नेपाली सेनाका प्रमुख सेनानी डायमण्ड कार्की, जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत भागिरथ चौधरी, नारायणी अस्पतालका प्रवक्ता एवं फिजिसियन डा.उदयनारायण सिंह लगायत विभिन्न कार्यालय तथा संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा

चितवन । चितवनका ग्यास व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन् । चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका उद्योगले राजधानीमा एलपी ग्यास...

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...