Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

डाक्टर कुटपिट गर्ने आराेपितहरु पक्राउ

spot_img
spot_img

वीरगंज । हेटौँडा उपमहानगरपालिका-१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत ३३ वर्षीय डा. प्रसान्त बिडारी र ३७ वर्षीय डा. विकास थापामाथि अस्पतालमा ड्युटीमा खटिरहेको बेला कुटपिट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेकाे छ ।

हेटौँडा उपमहानगरपालिका-१२, पदमपोखरीकी ३९ वर्षीया रिता प्रधान, २१ वर्षीया रमिता प्रधान, २३ वर्षीय रोहित प्रधान र २५ वर्षीय अनुप प्रधानलाई प्रहरीले बिहिबार पक्राउ गरेकाे हाे ।

डेङ्गु सङ्क्रमणको कारण ०८० साउन २५ गते मृत्यु भएका हेटौँडा उपमहानगरपालिका-१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको आरोप लगाउँदै उनका आफन्त सहितको केही युवाको समूहले बुधबार अस्पताल भित्रै प्रवेश गरी चिकित्सकहरूमाथि साङ्घातिक आक्रमण गरी कुटपिट गरेका थिए ।

सीसीटीभी फुटेजको आधारमा चिकित्सकहरूमाथि आक्रमण गर्ने मृतककी पत्नी रिता प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिज अनुप प्रधानलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

घटनाका आरोपितहरूको खोजी गरी आवश्यक कारबाही गरिपाउँ भन्दै पीडित पक्षले भदौ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

कुटपिटबाट डा. बिडारीको आँखा र अनुहारमा चोट लागेको छ भने डा. थापाको गाला र अनुहार सुनिएको छ । उक्त घटनाको विषयमा छानबिन तथा खोजी भइरहेको  डिएसपी भण्डारीले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...