Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

पर्साकाे विभिन्न नाकाबाट प्रहरीकै संलग्नतामा तस्करी

spot_img
spot_img

वीरगंज ।  पर्सामा अबैध कारोवार एवं तस्करी चरम सिमामा पुगेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी हेडक्वाटर १३ नम्बर गणको मिलोमतोमा ड्राईपोट भन्दा पश्चिमपारीको सबै नाकाहरुबाट तस्करी लाइन खुलेको छ ।

प्रहरीले पर्सा सदरमुकाम छेवछाव क्षेत्रबाट पनि केहि तस्करहरुलाई लाइन दिएको भएपनि ठूलो लाइन ग्रामिण इलाकाबाटै अहिले सुचारु रहेको छ ।

पर्सा प्रहरीले स्थानिय बुद्धिजिवी, नागरिक समाज एवं पत्रकारहरु झुक्याउने गरी सदरमुकाम आसपासको क्षेत्रमा तस्करी नियन्त्रणमा कडाई गरेको नाटक गर्ने गरेको एवं नामुद तस्करहरुसँग मोटो रकम नजराना बुझेर ग्रामिण क्षेत्रबाट लाईन खुल्ला गरेको स्रोतको दावी छ ।

पर्सा प्रहरीले सदमुकाममा तस्करी शुन्यमा झारिएको जति ढोल पिटेपनि पर्साको भिस्वा, बन्जारी, मिर्जापुर, जानकी टोला, अमरपट्टी, प्रसौनी, पहकाँ मैनपुर, सवैठवा, धोरे, ठोरी लगायताको क्षेत्रबाट ठूलो परिमाण प्रहरीले तस्करीलाई बढावा दिएको छ ।

सशस्त्र प्रहरी गुल्म सवैठवाका प्रमुख डिएसी केशवराज ओलियाको मातहतमा भिस्वा मिर्जापुरबाट भैंसी, धान, गहुँ, खुखुराको चल्ला, माछा, किराना, काजु, लाताकपडा लगायतको ठूलो परिमाणमा तस्करी भइरहेको छ ।

धोरे नाका हुँदै रातीको समयमा प्रहरीले ठूलो परिमाणमा भैसी र रंगाको तस्करी गराउँन सहयोग गरेको छ । यसबाट प्रहरीलाई मोटो रकमको अबैध आम्दनी भइरहेको श्रोतको दावी छ । श्रोतका अनुसार भन्सार छली गरी ल्याइएका भैंसी र रंगालाई नेपाल भित्रयाउन सशस्त्र प्रहरी गुल्म खेस्राहाले प्रति भैंसी रु एक हजार पांच सय बुझने गरेका छन् ।

रातीको समयमा गोरेटो बाटो र खेत भएर भैसी रंगा भित्रयाउँदा स्थानियहरुको धानवाली समेत नष्ट हुने गरेका छन् ।

त्यसैगरी मिर्जापुरबाट धान गहुँ, भैसी, किराना आइटम र कस्मेटिक लगायतको समाग्रीहरुको भारीमात्रामा तस्करी भइरहेको छ । श्रोतका अनुसार तस्करहरुले गहुँ र धानको तस्करी गर्नेहरु बोरा भित्र कपडा समेत लुकाएर नेपाल भित्रयाउने गरेका छन् ।

त्यसैगरी बिओपी मिर्जापुर प्रमुख सशस्त्र प्रहरी निरिक्षक दिपेन्द्र मल्ल र बन्जारी बिओपीका सशस्त्र प्रहरी निरिक्षक बिष्णुहरी थपाको कमाण्डमा तस्करी मौलाएको छ भने सशस्त्र प्रहरी गुल्म भिखमपुरको कमाण्डमा भारतीय सिमापारीको बजार भंगहा, इनर्वा, महादेवपट्टी लगायतबाट नेपालमा अबैध रुपमा माल समान आइरहेको छ ।

हरेक नाकाबाट हुने गरेको तस्करीमा नेपाल प्रहरीलाई पनि भाग आउने गरेको कारण नेपाल प्रहरीका प्रमुख सहितका ग्रामिण इलाकामा रहेका अधिकारीहरु मौन वस्ने गरेका छन् ।

तस्करीहरुबाट डिल भएका रकमहरु घुमुवा मार्फत नेपाल प्रहरी र सशस्त्र प्रहरीले असुली गर्ने गरेका छन् । समयमा नजराना वापतको रकम नदिए माल समान वाटोमै प्रहरीले रोकी जपत गर्ने गरेका छन् ।

यसरी देशकै अर्थतन्त्र डगमगाएको बेला देशको सुरक्षाका लागि खटिने राष्ट्र सेवकहरुले भन्सार छलीलाई प्रत्साहन गर्दा राजस्व घटेको छ । लामो समय समय यस्तै रहने हो भन्ने देशलाई यस्ता अधिकारीहरुले डुवाउन सक्न भएको हुँदा त्यस तर्फ केन्द्र र प्रदेशका प्रहरी प्रमुख तथा अधिकारीहरुलाई सचेत हुनु पर्ने देखिन्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा

चितवन । चितवनका ग्यास व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन् । चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका उद्योगले राजधानीमा एलपी ग्यास...

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...