Date
बुध, असार १७, २०८३
Wed, July 1, 2026

सिमरा विमानस्थल स्तरोन्नतिका लागि रु ५ करोड २४ लाख विनियोजन

spot_img
spot_img

वीरगंज । नागरिक उड्डयन प्राधिकरणले बाराको सिमरा विमानस्थलको स्तरोन्नतिका लागि ५ करोड २४ लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्राधिकरणले चालू आर्थिक वर्षमा देशका विभिन्न विमानस्थलको रन–वे, ट्याक्सी–वे तथा एप्रोन (पार्किङ) निर्माण तथा विस्तारका लागि ९६ करोड ७३ लाख ३७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमा सिमरा विमानस्थलको भागमा ५ करोड २४ लाख रुपैयाँ परेको हो ।

सिमरा विमानस्थलको ट्याक्सी–वे ओभरले र विमानस्थल सुरक्षाका लागि तार-बार गर्नका लागि पाँच करोड २४ लाख ४४ हजार रुपैयाँ छुट्याइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । प्राधिकरणका अनुसार सिमरा विमानस्थलमा गत आर्थिक वर्ष २०७९/८० मा भने १० करोड १६ लाख ४१ हजार रुपैयाँ लागतमा सम्झौता भएको थियो ।

यस्तै विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि १० करोड, धनगढी विमानस्थलका लागि १ करोड २० लाख, मुगुको ताल्चा विमानस्थलका लागि ४ करोड ४४ लाख २४ हजार, इलामको फाल्गुननन्द सुकिलुम्बा विमानस्थलका लागि १ करोड र गोरखाको पालुङटार विमानस्थल सुदृढीकरणका लागि ४ करोड ४२ लाख ४७ हजार रुपैयाँ छुट्याइएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, महेन्द्रनगर विमानस्थलका लागि ९ करोड ७६ लाख ९९ हजार रुपैयाँ , चितवनको मेघौली विमानस्थलका लागि १ करोड ९ लाख रुपैयाँ, रूकुमको चौरजहारी विमानस्थलका लागि २२ करोड १२ लाख रुपैयाँ छुट्याइएको छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मिनिल्याण्ड स्कुलमा इन्टरएक्ट क्लब गठन, अनुकम्पा गुप्ता चार्टर अध्यक्ष

वीरगंज । रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसको प्रायोजनमा मिनिल्याण्ड स्कुलमा इन्टरएक्ट क्लबको औपचारिक चार्टर (स्थापना) समारोह सम्पन्न भएको छ। विद्यालयमा पहिलोपटक गठन गरिएको क्लबले...

पर्सामा च्यातिएका र फोहोर राष्ट्रिय झण्डा तत्काल फेर्न प्रशासनको निर्देशन

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाभित्रका सार्वजनिक स्थानमा राखिएका नेपालको राष्ट्रिय झण्डाको संरक्षण, मर्मत तथा नियमित फेरबदल गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको...

पर्साको सीमाक्षेत्रबाट ११ किलो गाँजासहित एक जना पक्राउ

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिका–४ अमरपट्टीस्थित सीमाक्षेत्रबाट सशस्त्र प्रहरी बलले ११ किलोग्राम गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान करिब...