Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

नेम्वाङकाे निधनबाट कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति : नेकपा एस पर्सा

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजवादी) पर्साले नेकपा एमालेका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष, पूर्व सभामुख एवम् प्रतिनिधि सभा सदस्य स्व. सुवाषचन्द्र नेम्वाङको निधन प्रति शाेक व्यक्त गरेकाे छ ।

बिहिबार पार्टी पर्सा अध्यक्ष बालगाेपाल थापाले शाेक सन्देश जारी गर्दै भदाै २६ गते मंगलवार विहान १:५० बजे हृदय धातभई उपचारको क्रममा असामयिक दुःखद निधनबाट नेपालको कम्युनिष्ट आन्दोलन दुःख र पिडामा पुगेकाे वताएका छन् ।

उनले नेम्वाङकाे निधनबाट नेकपा (एकीकृत समाजवादी) पर्सा स्तब्ध मर्माहत भएकाे वताउँदै वहांको निधनबाट नेपाल कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनको साथै समग्र राष्ट्रकै लागि अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।

समाजवाद उन्मुख संविधान निर्माणमा वहांले गर्नु भएको योगदान प्रति उच्च सम्मान गर्दै “सम्पूर्ण पर्सा पार्टी पंक्ति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछौं र परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछौं” अध्यक्ष थापाद्वारा जारि शाेक सन्देशमा उल्लेख छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...